मनसम्म पुग्ने शब्द
आखिर पुग्छ कानबाटै,
दृष्टिहरु मिल्छन् ।
जसरी चिनजानबाटै
तर आज म सुनाउँछु।
तिमीले पाएको ठाउँ,
मूल्य र महानताको कथा,
यो मुटुको धड्कन आखिर,
धड्कदिन्छि तिम्रै लागि
मान या नमान तिमी
तिमीलाई छोएको हावाले
स्पर्श गर्छ मलाई
चाहे नमिलोस भूगोल,
समय वा माहोल
जब म बस्छु नि !
नदकिो कनिारमा
बगेर जाने पानीले चुमिदिन्छ
मेरा पैतलाहरु
सोच्छु, एकतमासले
दुरीले टाढा भए पनि
पानी र हुरी बतासले
जोड्ने रहेछन् कहीँ न कहीँ हामीलाई
पुल जस्तै वा साँघु जस्तै भएर
आनन्दित हुन पुग्ने रहेछु म ।
जब याद र सम्झना
पानीको छालसँगै बग्न थाल्छन् ।
नयनबाट कसोकसो झरेका आँसुका
ती थोपा
पानीको छालसँगै मिसाएर
पठाइदिन मन लाग्छ ।
पानीसँगै
बगाइदनि मन लाग्छ।
वर्षौ बोकेको मुरिको भारी
बिसाएझैँ
यसैमा लाग्छ हलुका ।
सायद ती आँसुसहित बगेको पानी
तिमीले चाखदिन्छौ भने
अवश्य म हुनुको अनुभूत होला
मेटिन लागेको मधुरो सम्झनाझैँ भएर
अनन्तसम्म कहिल्यै नभेटिने
नछोइने, नदेखिने भए पनि
स्मृतहिरुमा केवल
तिमी छौ,
मान या नमान ।
प्रकाशित मिति: सोमबार, माघ १७, २०७८, ११:५१