काठमाडौँ । निर्वाचन आयोगले २०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सरकार समक्ष प्रस्ताव गरेको छ ।
आज मङ्गलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा आयोगका पदाधिकारीहरुले ४ गते निर्वाचन गर्न प्रस्ताव गरेका हुन् । आयोगको प्रस्तावपछि केही दिनमा सरकारले निर्वाचन मिति घोषणा गर्ने भएको छ ।
केही दिन अघि बसेको सरकारमा सहभागी राजनीतिक दलहरुको बैठकले जेठ महिनाभित्रै स्थानीतहको चुनाव गर्नका लागि सरकारलाई सुझाव दिने निर्णय गरेको थियो ।
आयोगले स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब बजेट आवश्यक पर्ने अनुमान गरेको छ।
आयोगले एकै चरण निर्वाचन नभए खर्च बढ्ने अनुमानसमेत गरेको छ।
आयोगका अनुसार २०७४ सालमा सम्पन्न भएको निर्वाचनमा आठ अर्ब खर्च लागेको थियो।
प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८, २०:१९