काठमाडौँ । सरकारले तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारको अवसरमा भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८, २०:३८