काठमाडौँ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले एकै चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले भने जेठ ४ गतेका लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सुझाव दिएको थियो । यसअघि तीन चरणको चुनावबाट निर्वाचित स्थानीय तहका प्रतिनिधिको समयावधि आगामी जेठ ५ गते सकिँदै छ ।1
प्रकाशित मिति: सोमबार, माघ २४, २०७८, १७:२३