काठमाडौं । प्रतिनिधिसभाको बैठक पर्सि शुक्रबारसम्मका लागि स्थगित भएको छ । आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबुल गर्ने तयारी गरिएको भनिएपनि त्यसो हुन सकेन ।
बैठकमा थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस भएको छ भने तीन जना पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गर्दै पर्सिसम्मका लागि बैठक स्थगित गरिएको हो ।
आजको बैठकमा पनि नेकपा एमालेले नाराबाजी गरेको थियो भने संसद् भवन बाहिर एमसीसीको विरोधमा भएको प्रदर्शनले उग्ररुप लिएपछि अवस्था तनावग्रस्त बनेको छ ।
एमसीसी टेबल गर्ने तयारी भएपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका ६ दल , माओवादीको भ्रातृ संगठनले प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडपको अवस्था आएको थियो । प्रहरीले स्थिती नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८, १५:०६