काठमाडौँ । रुस–युक्रेनबीच युद्धको अवस्था रोक्न माग गर्दै संयुक्त राष्ट्रसङ्घको नेपालस्थित कार्यालय बाहिर मानव अधिकार तथा शान्ति समाजले आज प्रदर्शन गरेको छ ।
नेपालस्थित राष्ट्रसङ्घीय कार्यालय पुल्चोक अगाडि गरिएको प्रदर्शनमा शान्तिवादीहरुले युद्ध टार्न र शान्ति प्रवर्धन गर्न आह्वानसहित शान्तिको अधिकार सुरक्षित हुनुपर्नेमा जोड दिएका थिए ।
प्रदर्शन पश्चात, रुस–युक्रेनबीच बढ्दो तनाव कम गर्न र युद्धको कुनै पनि सम्भावना टार्न वा खारेज गर्नका लागि संयुक्त राष्ट्र सङ्घले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै मानव अधिकार तथा शान्ति समाजका तर्फबाट संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई लेखिएको पत्र हस्तान्तरण गरिएको छ ।
प्रदर्शनमा मानव अधिकार तथा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, सचिव मिना ढकाल, सदस्य अपिल समिति संयोजक बलबहादुर गाहा मगर, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरु चन्द्रमणी बञ्जारा, उमा गौतम, सदस्यता अपिल समिति सदस्य ईश्वरा लिङदेन लगायतको सहभागिता रहेको मानव अधिकार तथा शान्ति समाजका कार्यक्रम अधिकृत सरिता पौडेलले जानकारी दिनुयभो ।
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८, १५:०१