काठमाडौँ । बालुवाटारमा बिहान बसेको सत्ता गठबन्धनको बैठकले आज दिउँसोको ससद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल नगर्ने सहमति गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमसीसीलाई कसरी अघि बढाउने भन्ने बारेमा छलफल गर्न सरकारमा रहेका दलका नेताहरु भेला भएका थिए ।
पर्सि बिहान १० बजे फेरि छलफल गर्ने र तबसम्म ससदमा एसीसी परियोजना टेबल नगर्ने सहमति गर्दै बिहानको बैठक सकिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सीआईएनसँग बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८, ११:४०