डडेल्धुरा । सर्वप्रथम त म युनिसेफ र अकोरावलाई धेरै धन्यवाद दिन्छु यो अवसर र सिकाइ प्रक्रियामा सहभागी हुने अवसर मैले पनि पाएँ ।
कोरोना भाइरसको सङ्क्रमण दर कायमै रहेको यो समयमा हामिलाई दिएको जिम्मेवारी पूरा गर्दै गर्दा समुदायमा धेरै कुरा सिकाउने र सिक्न पाइयो ।
समुदायमा गएर छलफल गर्दा धेरै कुराको सिकाइ भयो ।
समुदायमा कोरोना भाइरस सम्बन्धी के कस्तो बुझाइ छ ? कतिको त्रास छ ? कतिले यो समयमा कोबाट कसरी सहयोग पाए ? कसलाई कस्तो सहयोगको अवश्यकता छ ? भन्ने कुराको जानकारी लिन पाइयो ।
साँच्चै समुदायको समस्या के रहेछ भन्ने कुराको सिकाइ पनि भयो । मरिपोर्टिङ गर्दा स्थलगत रिपोटिङ नै प्रभाबकारी हुदो रहेछ र अहिलेको अवश्यकता पनि यही रहेछ भन्ने कुराको जानकारी भएको छ ।
हामिले सामुदायिक छलफल गर्दा स्थलगत रिपोर्टिङ गरेर कार्यक्रम उत्पादन गर्यो भने प्रभावकारी हुदो रहेछ भन्ने कुराको महसुस गरेका छौँ ।
यसले थप काम गर्न हौसला प्रदान गर्नका साथै थप जिम्मेवार बनाएको छ ।
दैनिकजसो म्यासेन्जर ग्र्ुपमा समुदायमा सुनेको कुरा राख्ने, समुदायको हरेक कुरालाई हरेक दिन टिपोट गर्नु पर्ने अभ्यास गरियो ।
यसले हामिलाई आफ्नो रेडियोको दैनिक जीवनमा पनि काम गर्नमा सहयोग पुगेको छ ।
हरेक नागरिकको भनाइ, बुझाइ र सुनाइलाई टिपोट गर्दा पनि रिपोर्टिङमा सजिलो हुने र हामीले गर्दै आएको काम प्रभावकारी हुने रहेछ भन्ने कुराको सिकाइ भएको छ ।
समुदायमा हामीले कस्तो खाले सन्देश दिने र कस्तो सन्देशको आवश्यकता छ ? भन्ने कुरा जानकारी भएको छ ।
यो काम गरिसकेपछि अहिले पहिलाको भन्दा केही फरक तरिकाले रिपोर्टिङ गर्न सकेको छु र स्थलगत रिपोर्टिङलाई निरन्तरता दिदै आएको छु ।
यसले कामको प्रभावकारितामा टेवा पुर्याएको विश्वास लिएको छु । समुदायको हरेक कुरामा पैरवी तथा वकालत गर्न पनि सजिलो भएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८, १३:५५