सिन्धुली । कोभिड १९ को बारेमा गाउँघर, समुदायका नागरिकसँग छलफल गर्दा अनि सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर ग्रुपमा अनुभव आदानप्रदान गर्दा प्रभावकारी भएको छ ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपाल र युनिसेफको सहकार्यमा कोभिड १९ का बारेमा समाजमा चलिरहेका बहसका बारे छलफल र सामाजिक सञ्जाल फेसबुक ग्रुपमा अनुभव आदानप्रदान गर्दै आएको छु ।
रेडियोबाट प्रसारण हुने कार्यक्रमले पनि एकदमै प्रभाव पारेको छ । किन कि समाजमा कतिपय रेडियो नै नसुन्ने व्यक्तिहरू पनि छन् ।
बेलाबेलामा समाजमा गएर छलफल चलाउँदा रेडियो सुन्ने स्रोता बढेकाछन् भने रेडियोबाट प्रत्यक दिन प्रसारण हुने विभिन्न कार्यक्रम सुनेर आफूलाई परिवर्तन गरेका पनि भेटिएका छन् ।
रेडियोबाट भन्दा समुदायमै गएर यस्तो खालको छलफल चलाइदिए समाजले अझैँ राम्रो कुरा सिक्ने थिए भने हामिले पनि समाजबाट अझैँ नयाँ कुरा बाहिर ल्याउन सक्ने थियौँ भन्ने भान भएको छ ।
आफ्ना केहि अनुभव र गरेको कार्य लेख्नु अघि सर्वप्रथम त म युनिसेफ र अकोरावलाई धेरै/धेरै धन्यवाद दिन्छु । किनभने यो कार्य मेरा लागि एकदमै नयाँ हो ।
सामुदायिक रेडियोकर्मी भएर काम गरेको ८ बर्षसम्मको यो अवधिमा पहिलो पटक मैले पनि यसमा सहभागी हुन पाए । जुन मेरा लागि एउटा अवसर पनि हो ।
रेडियोमा कार्यक्रम गर्दै गर्दा वा समाचार पढ्दै गर्दा आफूभन्दा बाहिरको दृष्यावलोकन गर्ने मौका मैले एकदम कमै मात्रामा पाएँ ।
हामीले गर्दै आएको सामूहिक छलफलमा कतिपय खोप लगाउनसमेत हिच्किचिएका थिए भने अहिले उनीहरुले पनि खोप प्राप्त गरेका छन् । समाजलाई आफूले जानेका नयाँ कुरा सिकाउन पाउँदा वा परिवर्तन गराउने अभियानमा लाग्दा गर्व लाग्छ ।
जब युनिसेफ र अकोरावसँग सहकार्य गरेर केही महिना भए पनि बाहिरको दृष्यावलोकन गर्न र हरेक नागरीकको कुरा सुन्न र भन्न पाएँ ।
तबदेखि मलाई बाहिरको दृष्यावलोकन र समाजका हरेक गतिविधि अझ नजिकबाट नियाल्ने र रेडियोकर्मीको रूपमा केही गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ ।
रेडियोको स्टुडियोबाट फोन गरेर बनाइएका सामग्रीभन्दा प्रत्यक्ष समाजमै गएर नागरिकको अनुभव आदानप्रदान गर्न पाउँदा नयाँ कुरा थाहा पाउन सजिलो त भयो नै अनि नागरिकको वास्तविक कुरा सुन्न र सरोकारवाला निकायमा सवालजवाफ गर्न पनि धेरै फाइदा पुगेको छ ।
जब समाजमा हामी हरेक नागरिकको एक/एक गरेर कुनै पनि विषयमा कुरा आदानप्रदान गर्न थाल्यौँ तब उनीहरू खुलेर आउन थालेका छन् ।
सुरुसुरुमा बोल्नै पनि डराउने नागरीक अर्को दिन बाटोमा देखे आज केही बोल्नु छैन नानू ? भनेर सोध्न थाल्ने भएका छन् ।
यसले एकातिर समाजमा राम्रो सम्वन्ध बन्न पाएको छ र हरेकले चिन्ने मौका पाए भने अर्कोतिर स्थानीय नागरिकको समेत बोल्ने बानीमा विकास हुँदै गयो ।
हामीले गर्दै आएको सामूहिक छलफलमा कतिपय खोप लगाउनसमेत हिच्किचिएका थिए भने अहिले उनीहरुले पनि खोप प्राप्त गरेका छन् ।
समाजलाई आफूले जानेका नयाँ कुरा सिकाउन पाउँदा वा परिवर्तन गराउने अभियानमा लाग्दा गर्व लाग्छ ।
अन्तमा, आगामी दिनहरूमा समेत यस्ता समाजमा हित हुने खालका कार्यक्रम र अभियानलाई सञ्चालन गरिरहन र सहभागी हुने मौका दिनुहुने अपेक्षा गरेको छु ।
- यो अभियानबाट परेका प्रभावः
- समूहगत छलफलले अफ्नो व्यक्तित्व विकास गराएको छ ।
- समुदायका नागरिकले कोभिड १९ का बारेमा नयाँ जानकारी पाउने र आफ्नो गाउँको कुरा भन्ने मौका पाएका छन् ।
कोभिड १९ का बारेमा मात्रै होइन, समाजमा हुने हत्या, हिंसा, बलत्कार जस्ता अपराधिक घटनाको बारेमा पनि छलफल गर्न सकिन्छ भन्ने सिकाइ भएको छ । - आफू जन्मेको समाजलाई फर्केर हेर्दा समाजलाई अझैँ हामिले चिरफार गर्नेु पर्ने रहेछ भनेर अनुभव भयो ।
सुनेका कुराहरू फेसबुक म्यासेन्जर गु्रपमा लेख्न पाउँदा पनि प्रभावकारी लाग्यो किन कि हामीले सुनेका कुराहरू, समाजमा लुकेका र लुकाइएका कुरा सम्बन्धित निकायसम्म पुर्याउनु हाम्रो कर्तव्य पनि हो ।
प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८, १५:२२