काठामाडौँ । नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको साधारण सभा एवं नेतृत्व हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
साधारण सभामा संस्थाका कोषाध्यक्ष प्रकाश सुवेदीले प्रस्तुत गर्नुभएको सन् २०२० २२ को आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।
संस्थाका पूर्व अध्यक्ष क्रमश: देबराज कंडेल, पूर्ण बिक र राज आचार्यले संस्थाको प्रगति विवरण र बोर्डबाट भएको राम्रो कामको प्रशंसा गर्दै आगामी कार्यसमितिको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
संस्थाको आगामी वर्ष २०२२ २४ का लागि अध्यक्षको जिम्मेवारी धिरेन्द्र न्यौपाने र उपाध्यक्ष पदको जिम्मेवारीमा सुशील श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
कार्यक्रममा निवर्तमान कार्यसमिति अध्यक्ष कृष्ण कंडेलले संस्थापक, पूर्व अध्यक्ष, निर्वाचन समितिका पदाधिकारी लगायतलाई खादा लगा सम्मान गर्नु भएको थियो ।
नवनिर्वाचित अध्यक्ष धिरेन्द्र न्यौपानेले आफ़नो टिम यथाशीघ्र गठन गरी संस्थाको विकासमा लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८, १०:५२