रुकुम । प्रस्तोता र स्रोताबीचको सम्बन्ध बढायो । निकै राम्रो लाग्यो ।
‘रेडियो आवाज सुनेको थिएँ, नाम थाहा थियो तर अहिले देख्न र भेट्न पाइयो । सरल किसिमको सामान्य जीवनशैलीको नै हुने रहेछ ।’ यसरी स्रोतासँग प्रत्यक्ष साक्षात्कार गर्न युनिसेफ र अकोराबले अवसर दिनुभएकोमा धेरै खुसी छु ।
रेडियोको क्षेत्रमा केही गनुपर्छ भन्ने मनोबल बढ्यो । उत्साह जागेको छ । यस्तो कार्यक्रमलाई थप निरन्तरता दिन सहयोगको अपेक्षा पनि गरेको छु ।
जब हामी कोभिड १९ बारेका भ्रम, वास्तविकता बुझ्नका लागि समुदायमा पुगिउँ, हामीले कुरा गरेका स्रोताहरू आफ्नो आवाजको पर्खाइमा रहने अनुभव भयो ।
हामी योभन्दा पहिले सदरमुकाम वरिपरिका आवाज बढी बजाउने गथ्र्यौँ । तर गाउँमा झन नयाँ कुरा सिक्ने अवसर मिल्यो ।
एक छलफल चलाउँदा अरू कार्यक्रमका लागि उपयोगी आवाज ल्याउन सकियो । रेडियो सुन्ने स्रोता पनि बढेका छन् ।
कोभिडका बारेमा विभिन्न कुराहरु सुनिदाँ वास्तवमा समुदायमा के बुझेका रहेछन् भन्ने कुराहरू थाहा भयो भने कतिपय नागरिकले अफवाहका कारण खोप लगाउन नगएको पनि पाइयो ।
यही छलफलको माध्यमबाट खोप लगाउन सफल भएका मानिस पनि भेटिए ।
यसरी छलफल चलाउँदा कतिपय नागरिकहरूले किन यस्तो छलफल चलाउनु परेको भनेर पनि सोधे ।
कतिपयले कोभिड १९ को महामारीसँगै खोप बारे फैलिएका अफवाह हटाउनका लािग समुदायमा गरिएको तपाईँको छलफलले सहयोग गरेको पनि भने ।
मलाई यस किसिमको सामुदायिक छलफल चलाउँदा आफूलाईचाँहि एकदमै राम्रो अनुभव गर्थें । तर समुदायका नागरिकसँग सीधै कुराकानी गर्दा, कतै मिठासपन आए त कतै तीता कुराको अनुभव पनि भयो ।
तीतो अनुभवले जीवनमा हार भने मान्नु नहुने रहेछ भन्ने कुरा पनि सिकेको छु ।
समुदायमा त कसैले ‘के यस्तो काम गरेको ? तँलाई योभन्दा राम्रो काम लगाइदिन्छु, यस्तो काम छोड्दे ।’ भने ।
कसैले राज्यको चौथो अङ्गमा रहेर काम गर्नु भनेको राम्रो कुरा हो । यसलाई अजै प्रभावकारी तरिकाले अगाडि बढ्नु पनि भन्थे । कतिपयले मेरो जातका आधारमा पनि टिप्पणी गरे ।
समुदायमा कार्यक्रम सञ्चालन गर्दा मैले दुई कुराको अनुभव गर्न पाएँ ।
पहिलो, समुदायले रेडियोमा मात्र विभिन्न जानकारी दिने गरेका कारण खासै ध्यान नदिने र दिए पनि त्यसले सार्थकता पाउन गाह्रो हुने रहेछ ।
दोस्रो, यसरी समुदायमा नै गएर कार्यक्रम सञ्चालन गर्दा एकातिर समुदायमा समस्या सुनाउनपर्छ भन्ने विचारको विकास हुन्छ भने अर्कोतिर उनीहरूको रेडियोप्रतिको विश्वास बढ्छ ।
मलाई यस किसिमको समुदायिक छलफल आफूले काम गर्ने समुदायमा गएर चलाउँदा धेरै खुसी लाग्यो ।
किन कि पहिले रेडियोबाट सुनेको समुदाय, उनीहरूको वस्तुस्थितको बारेमा प्रत्यक्ष अवलोकन गरी त्यहाँको खास समस्या तथा चुनौतीको बारेमा जानकारी लिन पाइ्यो ।
कोरोनाको बारेमा भ्रम, खोप लगायत विषयमा रहेर छलफल तथा कुराकानी गर्दैगर्दा समुदायबाट राम्रो प्रतिक्रिया पनि पाइयो ।
‘अझैँसम्म पनि यसरी हाम्रो घरदैलोमा सामूहिक छलफल गर्न कुनै पनि रेडियोका मानिस आएका थिएनन् । हामीले आफ्नो गुनासो तथा समस्या प्रत्यक्ष राख्न पाएका थिएनौँ । यस अवसरले भेटेर सबै कुरा राख्न पाइयो ।’ यस्ताखालका सकारात्मक प्रतिक्रियाले झन खुसी दिने रहेछ ।
प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८, १०:२२