सल्यान । सल्यानको रेडियो शारदा एफएम १४ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित अन्तरक्रियामा सहभागीहरूले जनता र सरकारलाई जोड्न सामुदायिक रेडियो प्रभावकारी भएकोमा जोड दिएका छन् ।
रेडियोले १२ फागुनमा जिल्लामा दिगो विकासमा सामुदायिक रेडियोको उपयोगिता विषयक अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको थियो ।
कार्यक्रममा वोल्ने वक्ताले नागरिकलाइ हरेक कुरालाई विश्लेष्ण गर्न सक्ने क्षमता विकास गराउने , शिक्षालाई व्यावहारिक वनाउन परम्परागत ज्ञानका राम्रा पक्षलाई प्रवद्र्धन गर्न तथा नयाँ शिक्षा र प्रविधिलाई नागरिकहरूलमा विस्तार गर्न हालको अवस्थामा रेडियो जस्तो उत्तम विकल्प र माध्याम हाल अरु नभएको जोड दिदै स्थानीय रुचिकर विषय वस्तु उठाउन जोड दिए ।
पूर्व सामान्य प्रशासन मन्त्री तथा प्रतिनीधि सभाका सदस्य टेकवहादुर बस्नेतले सामुदायिक रेडियोले जनता र राज्यबीच पुलको काम गरेको वताउनुभयो ।
उहाले भन्नुभयो‘जनताका समस्या राज्य सरकार र सरकारका कार्यक्रम जनतामा लिएर पुलको काम सामुदायिक रेडियोले गरेको छ ।’
शारदा एफएम लगायत जिल्लामा सञ्चालित सामुदायि रेडियोले पूर्वाधार विकास निमार्णका कामलाई प्रभावकारी बनाउन खवरदारी गरिरहेको र यसको नेतृत्व शारदा एफएमले गरेको उहाँको भनाइ थियो ।
राष्टिय सभाका सदस्य उदयवहादुर बोहराले लोकतन्त्र र नागरिक अधिकार स्थापित गर्न रेडियोको महत्वपूर्ण भूमिका रहँदै आएकाले रेडियोको विकास लागि संघ,प्रदेश र स्थानीय सरकारले आवश्यक नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।
कर्णाली प्रदेश सभाका सदस्य गुलावजंग शाहले रेडियो शारदाले शिक्षा, स्वास्थ्य लगायत जनचेतनासहित सामाजिक रुपान्तरणमा योगदा दिएको भन्दै विगतमाझैँ अवका दिनमा पनि स्वतन्त्र, निस्पक्ष भएर पत्रकारितामार्फत अघि वढ्नु पर्ने बताउनुभयो ।
सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले सल्यानको विकास र नागरिक आवालाई उठाउन शारदा एफएमले गरेको कामको प्रशंसा गर्नुभयो ।
उहाँले सामुदायिक रेडियो राज्य र सरकारले अघि सारेका लोक कल्याण्कारी कार्यक्रमलाई सहयोग गरेर काम गरेको भए पनि सामुदायिक रेडियोलाई राज्यले नीतिगत रूपमा उपेक्षा गरेको बताउनुभयो । उहाले भन्नुभयो, ‘हाम्रो जस्तो विकट भूबनोट, आम सञ्चारका अन्य माध्यमको पहुँच नभएको गाउँ वस्तिमा रेडियो सहज माध्यम रहेको छ ।’
जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशवहादुर विष्टले रेडियो उपयोगी सञ्चार माध्यम भए पनि सरकारले सही किसिमले उपयोग गर्न नसकेको बताउनुभयो ।
उहाँले सल्यान जस्ता पहाडी जिल्लामा जनताको सहज पहुँच रेडियोमा भए पनि रेडियोको संस्थागत विकास, जनशक्तिको सीप क्षमता ल गायतका क्षेत्रमा कार्यक्रमले सम्वोधन गर्न जरुरी रहेकोमा जोड दिनुभयो ।
रेडियो शारदा एफएमका अध्यक्ष प्रतीक इच्छुक शर्माले स्थानीय विषयवस्तुलाई प्राथमिकता दिएर उपयोगी र रुचिकर विषयवस्तु उत्पादन र प्रशारण प्रयत्नशील रहने बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८, १२:२२