काठमाडौँ । प्रतिनिधि सभाको बैठक यही फागुन १५ गतेसम्मका लागि स्थगित भएको छ ।
सरकारले तयारी नपुगेको भन्दै अनुरोध गरेपछि बैठक स्थगित गरिएको सङ्घीय संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा छलफल सुरु गर्ने तयारी भएको थियो ।
यो परियोजनाको बारेमा सरकारमा रहेका राजनीतिक दल एक मत हुन सकेका छैनन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८, १२:३७