बुटवल । कोभिड १९ को महामारीले विश्वका मुलुक जस्तै नेपाल पनि नराम्रोसँग प्रभावित भयो ।
त्यसको असर अझैँ पनि कायम छ । जनजीवन सामान्य बन्दै गर्दा कोरोनाले प्रभावित सामाजिक तथा आर्थिक क्षेत्र तङ्ग्रिने प्रयासमा छ ।
एकातर्फ कोरोनाको महामारी अर्कोतर्फ आम नागरिकका लागि विषम स्थिति सृजना हुदाँ बिहान बेलुका हातमुख जोडेर आफनो गाँस जुटाउनेहरूका लागि अझ धेरै समस्या छ ।
कोभिड १९ को महामारीको अवस्थामा लामो समयको बन्दाबन्दी र कोरोना सङ्क्रमित भइन्छ कि भन्ने डरले मानिसहरूमा मनोसामाजिक रूपमा त्रासको अवस्था थियो ।
त्यही महामारीका कारण पीडामा परेका नागरिकलाई आपनो दैनिक जीवनमा आएका भ्रामक कुराहरूबाट कसरी जोगाउने, कोभिड १९ प्रतिको बुझाइ, समुदायमा उत्पन्न हुने भ्रामक खबर सुनिरहेका नागरिकलाई वास्तविक कुरा कसरी बुझाउने भन्ने बारेमा अन्योल थियो ।
यही अवस्थामा युनिसेफ र सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको सहकार्यमा सही सूचना समयमै स्रोतासम्म पुर्याउनको लागि कोभिड १९ का बारेमा सामुदायिकस्तरमा छलफल भए ।
समुदायमा भएका यस्ता छलफलको कुरा वा निष्कर्ष सामाजिक सञ्जाल फेसबुकको ग्रुपमा लेख्न र अरुको कुरा पढ्न पाउँदा सिकाइ धेरै भयो ।
देशका विभिन्न सामुदायिक रेडियोमा काम गर्ने रेडियोकर्मीहरूका अनुभवले पनि कोभिड १९ को समयमा कसरी काम गर्ने भन्ने बारेमा जानकारी लिन सजिलो भयो ।
त्यही अवसर मैले पनि पाएँ । त्यसैले सर्वप्रथम यो अवसरका लागि युनिसेफ र अकोराबलाई विशेष धन्यवाद ।
यस्तो प्रकारको सिकाइले म जस्ता सामुदायिक रेडियोकर्मीका लागि समुदायमा कोभिड १९ को मादण्ड पालना गराउन, भ्रमित खबरबाट जोगाउन, कोभिडप्रतिको नागरिकको हेलचक्र्याइँ हटाउनका लागि समाचार, चेतनामूलक कार्यक्रम निर्माणमा फाइदा भएको छ ।
समुदायस्तरमा भएका यस्तो छलफलमा सहभागीलाई सकारात्मक प्रभाव पारेको मैले पाएको छु ।
छलफलमा भाग लिएका स्थानीय नागरिकले कोभिडको सङ्क्रमण दर कम हुदाँ पनि आफू लगायत घरपरिवार र समुदायका अन्य नागरिकहरूलाई पनि स्वास्थ्य मापदण्ड नियमित पालना गराउन प्रोत्साहन गर्दै आएका छन् ।
कोभिड १९ विरुद्धको पूणर् मात्रा खोप लगाइसकेको र नयाँ भेरियन्ट आए पनि आफू सचेत भएर दैनिकी चलाइरहेको अधिकांशको विचार सुनिने गरेको छ ।
समुदायस्तरमा गएर छलफल गर्दा नै मानिस आफ्नो समस्याको बारेमा र आफनो मनमा लागेका कुरा खुलेर बोल्ने गर्दछ भन्ने पाठ सिकायो । अर्कोतर्फ म जस्तै अन्य सामुदायिक रेडियोकर्मीले गर्ने यस्तै सानासाना प्रयासबाट पनि समाज परिवर्तन गर्न सक्दिो रहेछ भन्ने आभास भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्वर १ का उर्मिला श्रेष्ठ कोभिड १९ को महामारीको समयमा स्वास्थ्य मापदण्ड पालना नगर्ने, उमेर समूहको आधारमा वडामा खोप आउँदासमेत बेवास्ता गर्नुहुन्थ्यो ।
तर सामुदायिक छलफलमा सहभागी भएपछि आफ्नो सोचाइ नै फेरिएको उहाँको भनाइ छ ।
बुटवल उपमहानगरपालिाका वडा नम्बर ६ का पूजा कार्कीले पनि यो सामुदायिक छलफले दैनिक जीवनमा महत्वपूणर् भृमिका खेलेको सुनाउनुभयो ।
उहाँले पनि सुरुवातमा कोभिड १९ रुघाखोकी हो, मान्छे मार्नका लागि यस्ता खोप आएका हुन् भन्ने सोच्नु भएको थियो ।
सामुदायिक छलफलमा भाग लिएपछि भने यो सबै भ्रमात्मक खबरका कारण नागरिकमा यस्तो सोँचको विकास भएको उहाँको निष्कर्ष छ ।
समुदायस्तरमा हुने यस्तो छलफलले समुदायमा धेरै प्रभाव पार्ने भन्दै यसलाई निरन्तरता दिन पनि पूजाले आग्रह गर्नुभयो ।
हामीले समुदायमा विभिन्न व्यक्तिहरूसँग कोभिड १९ प्रति कतिपय सकारात्मक कुरा पनि सुन्यौँ भने कतिपय नकाराकत्मक पनि ।
नकारात्मक विचारहरूलाई हटाउन सामुदायिक छलफल नागरिकस्तरमा एक खुरा कबनेको छ । यो छलफलले सामुदायिक रेडियोकर्मीलाई पनि धेरै कुरा सिकायो ।
साच्चिकै हामी समुदायस्तरमा गएर छलफल गर्दा नै मानिस आफ्नो समस्याको बारेमा र आफनो मनमा लागेका कुरा खुलेर बोल्ने गर्दछ भन्ने पाठ सिकायो ।
अर्कोतर्फ म जस्तै अन्य सामुदायिक रेडियोकर्मीले गर्ने यस्तै सानासाना प्रयासबाट पनि समाज परिवर्तन गर्न सक्दिो रहेछ भन्ने आभास भएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८, १०:३८