काठमाडौँ । नेपालमा १२ वर्ष माथिका ९२ प्रतिशतले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् ।
उनीहरूमध्ये ७४ प्रतिशतले पूणर् मात्रा खोप लगाएका छन् भने १८ वर्ष माथिका ९३ प्रतिशतले पहिलो मात्रा र ७९ प्रतिशतले पूणर् मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म ३ करोड ६९ लाख ४३ हजार २ सय ४२ मात्रा खोप लगाइएकोमा १ करोड ८४ लाख ६९ हजार ४ सय ४५ पहिलो मात्रा, १ करोड ७२ लाख ८२ हजार १ सय ३८ पूणर् मात्रा खोप लगाइएको छ ।
१० लाख ९१ हजारभन्दा धेरै बुस्टर मात्रा खोप लगाइएको मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौशल मिश्रले जानकारी दिनुभयो ।
१२ वर्षदेखि माथिका व्यक्तिलाई कोभिड १९ विरुद्धको खोप अनिवार्य लगाउन पनि उहाँले अनुरोध गर्नुभयो ।
सरकारले चैत मसान्तसम्म १८ वर्ष माथिका शत प्रतिशत नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८, ११:०९