काठमाडौँ । रूस र युक्रेनबीचको द्वन्द्वका कारण नेपालमा इन्धनको मूल्य बढ्ने भएको छ ।
पेट्रोलियम पदार्थ उत्पादन नहुने र अन्तर्राष्ट्रिय बजारमा नै भर पर्नुपर्ने अवस्था तथा यसमा रूस-युक्रेन युद्धले प्रभाव पार्ने भएकाले मूल्य फेरि बढ्ने भएको हो ।
विश्वको तेस्रो ठूलो पेट्रोलियम उत्पादक र दोस्रो ठूलो प्राकृतिक ग्यास उत्पादक राष्ट्र रुस र युक्रेनबीच चार दिनदेखि शैन्य कारबाही चलिरहेको छ ।
रूसले, अमेरिका र साउदी अरेबियापछि सबैभन्दा धेरै दैनिक साढे १० मिलियन ब्यारेल तेल उत्पादन गर्दै आएको छ ।
दुई देशबीच तनावपूणर् सम्बन्ध भइरहँदा अन्तराष्ट्रिय बजारमा नै महङ्गो भएकाले नेपालमा पनि बढ्ने नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले सीआइएनसँग बताउनुभयो ।
रूस-युक्रेनबीचको युद्धका कारण, नेपालमा पेट्रोलियम पदार्थपछि खाने तेलमा सबैभन्दा बढी प्रभाव पर्ने सरोकारवाला बताउँछन् ।
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८, ११:३३