अब आकास
कहिल्यै रुँदैन
किन कि
धरतीभरि आँसुका पोखरी जमेका छन्
अब आकास
फेरि रुँदैन
किन कि
आँखा खोसिएका छन् ।
आँसु हराएका छन् ।
ए आकास,
अब त
आँखाहरूमा आगो बलेको छ
आँसुहरू
धुवाँ फाल्दै छन् ।
जेलेन्स्की
तिमी ओर्लेदेखि सडकमा
डर हराउदै गएको छ ।
मृत्युसँग
जेलेन्स्की तिमी सडकमा
ओर्लँदै गर्दा
मेरो मनभरि
बारुद जल्दै छ ।
म आफूले आफैँ
ऐना हेर्न नसक्ने भए छु
किन कि
जेलेन्स्की
तिमी हामीदेखि
पर, धेरै पर छौ।
तर पनि
तिमी सडकहरूमा
हतियारसहित ओर्लँदै गर्दा
मन ढुक्क हुन्छ।
कोही त छ
अझैँ पनि
देशलाई माया गर्ने !
फाल्गुन १३, २०७८
प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८, ०७:२७