काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्तावका लागि संसदले सिफारिस समिति बनाएको छ ।
संसदले आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग सिफारिस समिति गठन सम्बन्धि प्रस्ताव गर्नु भएको थियो ।
प्रस्ताव बहुमतले स्वीकृत भएको सभामुख सापकोटाले घोषणा गर्नुभयो ।
महाअभियोग सिफारिस समितिमा नेपाली काँग्रेसबाट मिन बहादुर विक, रामबहादुर विष्ट, नेकपा माओवादी केन्द्रबाट यसोदा सुवेदी, रेखा शर्मा, नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोकतान्त्रिक समाजवादी पार्टीबाट एकवाल मियाँ, जनता समाजवादी पार्टीबाट प्रमोद साह र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिबमाया तुम्बाहाङ्फे, कृष्ण भक्त पोखरेल सदस्यहरुको प्रस्ताव गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८, १४:४०