काठमाडौँ । नेपाल भ्रमणमा रहनु भएका चिनिया विदेश मन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नु भएको छ ।
बिहान शीतलनिवासमा वाङ नेतृत्वको चिनिया टोली र राष्ट्रपति भण्डारीबीच छलफल भएको हो । भेटका क्रममा नेपाल र चीनबीचको सम्बन्ध सुदृढ गर्दै अघि बढ्ने बारेमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विदेश मन्त्री वाङले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गर्दै हुनुहुन्छ ।
चिनिया टोली आजै तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्कँदै छ ।
प्रकाशित मिति: आइतबार, चैत १३, २०७८, १२:००