चुनाव नजिकिँदै जाँदा नेपालका राजनीति पार्टी र नेताहरू गाउँघरमा आफ्नो अभियान केन्द्रीत गर्न थालेका छन् ।
सबैको उद्देश्य वैशाख ३० को स्थानीय तहमा अरुको भन्दा धेरै मत लिएर विजयी हुने भन्ने छ ।
हुन त सहरभन्दा अझ परपर गाउँघरतिर लाग्ने हो भने कुन चुनावमा, कुन राजनीतिक दलले के वाचा गरेका थिए र उनीहरूले कति पूरा गरे ? हिसाब राखेर भोट दिने व्यक्ति निकै कम पाउन सकिन्छ ।
किन कि युवा सबै खाडी वा अरु कुनै मुलुकमा रोजगारीका नाउमा पुगेका छन् । बाँकी केही जान्नेबुझ्ने व्यक्ति कुनै राजनीतिक दलको पक्ष वा विपक्षमा नलागेर गाउँघरमै केही गरौँ भन्ने सोचे पनि टिक्न सक्ने अवस्था छैन ।
स्थानीय सरकार आएको ५ वर्ष पुग्दै छ । जनप्रतिनिधिको रूपमा आउनका लागि नेता वा राजनीतिक दलले मीठो भाषण वा वाचा गर्न सिकेका हुन्छन् ।
त्यसैका आधारमा करिव ५ वर्ष अघिको चुनावमा जनताले पनि भोट दिए तर नेपाली जनताले यसबीचमा के के पाए ?
यतिका धेरै राजनीति परिवर्तन भयो भन्न दलहरूले छोडेका छैनन् । उसो भए जनतामा किन परिवर्तन आएन ? एउटै पार्टी, एउटै अनुहार, सदा उही महङ्गी, उही भ्रष्टाचार ।
उही पैसा र पावरको खेल अनि उही राजनीति दल र नेताहरूको चुनाव नजिकिँदै गर्दा फेरि देश र जनताको सुखशान्तिको एजेन्डा ।
आफ्नो पार्टीमा तानातान, पैसामा जनता किनबेच । चुनावका बेलामा फेरि के कति देख्नु र सुन्नुपर्ने हो ? त्यो समय आउँदै छ ।
योसँग एउटा प्रशङ्ग जोड्न मन लाग्यो ।
चुनाव नजिकिँदै गर्दा गाउँमा चहलपहल सहरको तुलानामा बढी हुन्छ । राजनीतिको माहोल तातेको हुन्छ ।
यसको दोष नेताहरूलाई मात्रै होइन, खाडीको उखरमाउलोमा रगतपसिना बगाइरहेकाले पनि लिनुपर्छ, जो घरचर्च चलाउन नेपालमै कुनै सम्भावना देखेनन् ।
भोट किनबेच रातारात चल्छ । मासुभात, रक्सिमा सबै झुमेका हुन्छन् । यस्तै भीडमा एउटा पुरुष रक्सिले मातेको छ ।
यतिकैमा काँग्रेसका नेताकार्यकर्ताले भेटे । एक हजार रुपैययाँ र पार्टीको झण्डा थमाए ।
‘भोट रूखमा है ?’ जवाफमा उसले मुन्टो हल्लायो ।
अलि परपुगेपछि एमालेका नेताकार्यकर्ताले भेटाए । ‘लु है एक हजार र झन्डा ?’ प्रश्न वा निर्देशन जस्तोसँगै भने ‘भोट सूर्यमा है’
अलि पर पुगेपछि माओवादी नेताकार्यकर्ताले बाँडेको एक हजार र झन्डा ग्रहण गर्दै उही व्यक्ति फेरि हँसियाहतौडामा भोट हाल्न तयार हुँदै आज्ञाकारी भएर मुन्टो हल्लाइदिन्छ ।
ठूला दलले मात्रै होइन, अरु साना दलले पनि गच्छे अनुसारकाे पैसा र पर्चा थमाउँदै गए ।
गोजी भरिँदै जाँदा उसले पाएको पैसाले नजिकैको भट्टी भरियो । मदिरा सेवनले गलेको उसको शरीरका साथमा केलव बाँकी रह्यो विभिन्न पार्टीको पर्चा र झन्डा ।
घर जानका लागि उठ्न खोज्यो तर लरखराउदै बाटो किनारको नालिभित्र पस्यो । उठ्न सकेन र मृत्यु भयो ।
भोलिपल्ट सबै राजनीति दलका कार्यकर्ता पुगे ।
सबै पार्टीको झन्डा भेटियो तर कुन पार्टीको कार्यकर्ता थियो ? कसैले भेउ पाएनन् ।
यसरी एउटा सामान्य मानिस जीवनभरि रोजीरोटीको लागि भौँतारियो तर चुनावका बेलामा हुने तानातान र मनलाग्दीको पैसा वितरणले धेरै पार्टीको झन्डा छरेर अकालमा ज्यान गुमाउने अवस्था बन्यो ।
एउटा पार्टीको झन्डा नबोक्नेले कुनै पनि काम सहज र सरल रुपमा गर्नै सक्दैन ।
उनीहरूलाई हामी सबै मिलेर बहिस्कार गरौँ । किन कि उनीहरूकै कारण धेरथोर जानेका र दुईचार कक्षा भए पनि पढेका हाम्रा दाजुभाइ, दिदीबहिनीले मुलुक मात्रै छोडेनन्, गाउँमा हुने भोट् राजनीतिको फोहोरी खेलमा आफै संलग्न भएनन् तर मतियार बन्न बाध्य पारिए ।
अरु मुलुकमा भए राजनीतिक दलको झण्डाबिना राम्रो काम गर्न सकिने बारेमा बहस हुन्थ्यो तर नेपालमा ठीक उल्टो छ ।
मालपोत लगायतका सरकारी कार्यालय, वडा, नगरपालिका, श्रम मन्त्रालय । जाहाँसुकै जाउँ कि त पावर कित पैसाबिना कामै हुन सक्दैन ।
कुन राजनीति दलको ? भनेर पहिलो प्रश्न उठ्ने अवस्था आएको छ । जनताले बुझाएको करबाट घरखर्च चलाउने सरकारी कर्मचारीले घुस नखाइ काम गर्नै मान्दैन् ।
राजनीतिको परिभाषा जति मीठो छ, हामीले राजनीतिको आवरणमा गरेको व्यवहार, चलखेल उति नै खराब बन्दै गएको छ ।
विवेकभन्दा पनि मासुमदिराको भरमा चुनाव जितिन्छ भन्ने सोँच दलहरूमा देखिन्छ ।
यसको दोष नेताहरूलाई मात्रै होइन, खाडीको उखरमाउलोमा रगतपसिना बगाइरहेकाले पनि लिनुपर्छ, जो घरचर्च चलाउन नेपालमै कुनै सम्भावना देखेनन् ।
उनीहरूले साँझबिहानको श्रम बारीका कान्ला फाँड्न र केही उब्जाउन खर्चेको भए मुलुक समृद्ध हुन्थ्यो नै ।
कस्ले राम्रो गर्यो र कसलाई जिताएर ल्याउने भन्ने बारेमा थोरै भए पनि शिक्षा परिवार हुँदै समाजमा पनि फैलिन्थ्यो ।
जसले कागजमा नेपालमा रोजगारी बढाउने गफ दिए तर व्यवहारमा परिवारका सदस्य, चिनेजानेका वा पार्टी समर्थकलाई च्यापेर अघि बढीरहे, उनीहरूलाई हामी सबै मिलेर बहिस्कार गरौँ ।
किन कि उनीहरूकै कारण धेरथोर जानेका र दुईचार कक्षा भए पनि पढेका हाम्रा दाजुभाइ, दिदीबहिनीले मुलुक मात्रै छोडेनन्, गाउँमा हुने भोट् राजनीतिको फोहोरी खेलमा आफै संलग्न भएनन् तर मतियार बन्न बाध्य पारिए ।
प्रकाशित मिति: सोमबार, चैत १४, २०७८, १०:२१