काठमाडौँ । तीन दिने भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा भारतको नयाँ दिल्ली पुग्नुभएको छ ।
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएका प्रधानमन्त्री देउवालाई भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गर्नुभएको थियो ।
देउवाका लागि आज चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा बस्ने व्यवस्था मिलाइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल नयाँदिल्ली पुगेको हो ।
भ्रमण टोलीमा देउवा पत्नी एवम् काँग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा, ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा र विभिन्न मन्त्रालयका सचिवलगायत सहभागी छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८, १६:५६