काठमाडौँ । पश्चिम नेपालको सुविधासम्पन्न मानिए पनि बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा बाँके, बर्दिया, दाङ, कणर्ाली र सुदूरपश्चिम लगायत जिल्लाबाट धेरै बिरामी कोरोना उपचारका लागि पुग्थे ।
ठाउँ नपुगेर बिरामीलाई स्ट्रेचरमै चौरममा राखिएका तस्वीर सर्वाजनिक भइरहँदा अस्पतालभित्र नर्सहरू खान, सुत्न नभनी खट्नुपर्ने बाध्यतामा थिए ।
कोरोनाको पहिलो र दोस्रो चरणको लहरमा धेरै प्रभावित जिल्लामध्ये बाँके पनि एक हो । जहाँ नेपालमा कोरोनाका कारण दोस्रो व्यक्तिको मृत्यु भयो ।
एकैपटक ४० जनासम्ममा कोरोना सङ्क्रमण पुष्टि भयो । पछि त्यो सङ्ख्या बढेर हजार नाघ्यो ।
अवस्था विस्तारै दयनीय बन्दै गयो । उपचारमा खटिएका भेरी अस्पतालका नर्सहरूले भने हिम्मत हारेनन् । दिनरात नभनी बिरामीको सेवामा खटिरहे ।
नर्सहरू आराम गर्न नपाइ सुरक्षा सावधानीका लागि लगाएको (पीपीई)सहित कुर्सी, बेन्चमा ढल्किरहेका तस्वीर सामाजिक सञ्जालमा छाइरहँदा उनीहरूप्रति सम्मानको भाव नजगाउने कोही थिएन ।
कैयौँ व्यक्तिले ज्यान बचाउन गरेको याचना, त्यसपछिका मृत्युका घटनाका कारण भने कोरोनाको दोस्रो लहर प्रायः नर्सहरू सम्झनै चाहान्नन् ।
भेरी अस्पतालमा कार्यरत नर्स पवी सुवेदी कोरोना महामारीको दोस्रो चरणको बेला नियुक्त हुनु भयो ।
भेरी अस्पतालमा कार्यरत नर्स पवी सुवेदी । पहिलोभन्दा दोस्रो चरणको लहरले बाँकेको भन्दा पनि भेरी अस्पतालको अवस्थालाई दयनीय बनाइदिएको उहाँ सम्झनुहुन्छ ।
बिरामीको चाप अस्पतालमा थेग्नै नसक्ने हुँदा भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था, बिरामीको आफन्तले बिरामीको ज्यान जोगाइदिनका लागि गर्ने बिलौना सम्झिँदा उहाँको मन अहिले पनि खिन्न हुन्छ ।
पवि भन्नुहुन्छ, ‘हुन त म यो पेशामा नयाँ हुँ । डेढ वर्ष मात्रै भएको छ म काम गर्न थालेको । तर, कोरोनाले निम्त्याएको अस्पताल र बिरामीको अवस्थालाई कहिल्यै भुल्न सकिन्न ।’
बिहान बेलुका नभनी बिरामीको सेवामा काम गरिरहँदा भोक, प्यास सबै हराउने गरेको उहाँको भनाइ छ ।
उपचारका क्रममा भेन्टिलेटरमा पुगेर बाँचेका बिरामी पनि छन् । निको भएर डिस्चार्ज भएका ती बिरामीले हामीलाई खुट्टै ढोगर पछि त मिठाइ ल्याइदिएको सम्झना सदिक्षासँग छ ।
कोरोना सङ्क्रमितको उपचारका लागि मात्रै भेरी अस्पतालमा २ सय ३० बेड छुट्टाइएको थियो । नर्सको दरबन्दी भने जम्मा ६० मात्रै ।
बिरामीको चाप बढ्दा आफन्तबाट समयमा उपचार नगरेको आरोप मात्रै लागेन, आक्रमण पनि भयो । कतिपय बिरामी निको भएपछि उनीहरूको व्यवहार भने सम्झनलायक रहेको अर्का नर्स सदीक्षा गैरेको भनाइ छ ।
दाङबाट आएका एकजना बिरामीको मृत्यु भएपछि अस्पतालमा उत्पन्न तनावका कारण उहाँले झ्यालबाट हाम फालेर आफ्नो ज्यान जोगाउनुभयो ।
दोेस्रो चरणको लहरको क्रममा भएको यो घटनाले देशभरको ध्यान तान्यो ।
कारण, कोरोना महामारीको बेला यसै जनशक्ति अभाव त्यसमाथि गल्तीबिनै काममा खटिएका कर्मचारीमाथि बिरामीको आफन्तले आक्रमण ।
भेरी अस्पतालमा कार्यर नर्स सदीक्षा गैरे ।सदिक्षा भन्नुहुन्छ, ‘यदि त्यो दिन मैले झ्यालबाट हाम नफालेको भए ती मानिसहरूले मलाई मारिदिने थिए । किन कि ती दुबैजनाको हातमा फलामे छड्जस्तै थियो । गल्ती हाम्रो थिएन, बिरामीको अवस्थाबारे जानकारी गराइसकेको तर, उनीहरूले नै बिरामीलाई भेन्टिलेटरमा नराख्न भनेपछि उनको मृत्यु भयो । अनि दोष हामीमाथि लगाइयो ।’
यी सबका बाबजुद कतिपय बिरामी त भेन्टिलेटरमा उपचार गरेर बाँचेका पनि छन् ।
सदिक्षा सुनाउनुहुन्छ, ‘दिनको १३ जनासम्म पनि बिरामीको यही अस्पतालमा मृत्यु भएको छ । पहिलोभन्दा दोस्रो लहरले मनै खिन्न बनाउँछ । बिरामीको मृत्यु नभएको दिनै थिएन । कसको मृत्यु होला र आफ्नो बिरामीले बेड पाउँछ भनेर कुर्ने पनि धेरै थिए ।’
उपचारका क्रममा भेन्टिलेटरमा पुगेर बाँचेका बिरामी पनि छन् । निको भएर डिस्चार्ज भएका ती बिरामीले हामीलाई खुट्टै ढोगर पछि त मिठाइ ल्याइदिएको सम्झना सदिक्षासँग छ ।
कोरोनाकालको योगदानका कारण सरकारी तथा गैरसरकारी क्षेत्रबाट अहिले पनि सम्मान र पुरस्कार वितरण भइरहेको छ । विपत्को बेलामा सबैले राम्रो भने पनि अहिलेको पारिश्रमिक, सेवासुविधाका बारे भने राज्यले निणर्य लिन ढिलो गरेको उनीहरूको बुझाइ छ ।
बिरामीको उपचारमा खटिँदै गर्दा उहाँ आफै पनि दुईपटक सङ्क्रमित हुनुभयो ।
स्थानीय र प्रदेश सरकारको संयोजनमा भेरी अस्पतालमा आउने कोरोना सङ्क्रमितको उपचारमा दोस्रो लहरसम्म १ सय ५० भन्दा बढी नर्सहरु खटिए ।
अहिले भने अस्पतालमा कोरोनाका एकजना पनि बिरामी छैनन् ।
अस्पतालका नर्सिङ प्रमुख शिला शर्मा घर परिवारको साथ र सहयोगले कोरोनाको तीनओटै चरणमा बिरामीको स्याहारमा खटिनुभयो । आफ्नो छोरी बिरामी पर्दा पनि पर्याप्त समय दिन पाउनु भएन ।
अस्पतालको क्वार्टरमा बस्नुभएका शिलाले बच्चालाई सङ्क्रमणबाट जोगाउनका लागि नियमित आलोपालोमा पीसीआर परीक्षण गराउनुहुन्थ्यो । तर पनि बच्चामा सङ्क्रमण देखिएपछि उहाँ चिन्तिाका बीच अस्पतालमा खट्नुहुन्थ्यो ।
भेरी अस्पतालका नर्सिङ प्रमुख शिला शर्मा ।उहाँ भन्नुहुन्छ, ‘कोरोनाको पहिलोभन्दा दोस्रो लहर बढी तनावपूणर् थियो । बिरामीलाई कतिखेर अक्सिजन चाहिन्छ नै थाहा नहुने हुँदा पनि धेरैले ज्यान गुमाउनुपर्यो । अस्पतालमा बिरामीको चाप हेरेर जनशक्ति कसरी व्यवस्थापन गर्ने चिन्ता पनि थियो । तर, स्थानीय सरकारदेखि प्रदेश र सङ्घ सरकारको सहयोगमा हामीले कर्मचारी व्यवस्थापन राम्रैसँग गर्न पायौं ।’
कोरोना महामारी सुरु भएको दिन, हप्ता, महिना हुँदै वर्षौँ बित्दा पनि यसले दिएको पीडा, प्रभाव नागरिकको मनबाट मेटिन सकेको छैन । तीन चरणको कोरोना महामारीको सामना गरिसकेको नेपालले अब अर्को लहर आउला कि भन्ने चिन्ता पनि सबैलाई छ ।
भेरी अस्पतालमा उपचारका लागि आएकामध्ये हालसम्म ४ सय ३६ को कोरोनाका कारण मृत्यु भयो ।
भेरी मात्रै होइन, अरु अस्पतालका नर्सहरूलाई कोरोनाकालको योगदानका कारण सरकारी तथा गैरसरकारी क्षेत्रबाट अहिले पनि सम्मान र पुरस्कार वितरण भइरहेको छ ।
विपत्को बेलामा सबैले राम्रो भने पनि अहिलेको पारिश्रमिक, सेवासुविधाका बारे भने राज्यले निणर्य लिन ढिलो गरेको उनीहरूको बुझाइ छ ।
नेपालमा कोरोना महामारी सुरु भएको २६ महिना बितिसक्यो । हुन त परिवारका सदस्य, आफन्तजन गुमाएको वा गम्भीर बिरामी परेको घटना धेरैलाई सम्झनै नपरे हुन्थ्यो जस्तो लाग्छ ।
कारण, कोरोना महामारीले धेरैले आफन्त गुमाए, कति अभिभावकविहीन बने भने कतिले सन्तान गुमाए ।
कोरोना महामारी सुरु भएको दिन, हप्ता, महिना हुँदै वर्षौँ बित्दा पनि यसले दिएको पीडा, प्रभाव नागरिकको मनबाट मेटिन सकेको छैन । तीन चरणको कोरोना महामारीको सामना गरिसकेको नेपालले अब अर्को लहर आउला कि भन्ने चिन्ता पनि सबैलाई छ ।
विशेषगरी बिरामीको सेवामा खटिएकालाई कोरोनाको अर्को लहर नआइदिए हुन्थ्यो जस्तो लाग्छ ।
यस बारेकाे भिडियाे रिपाेर्ट हेर्नुहाेस्
प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८