काठमाडौँ । उमा पौडेलद्वारा लिखित पुस्तक 'घुम्टी' को आज विमोचन गरिएको छ ।
काठमाडौैँमा आयोजित कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल, सुरक्षित आप्रवास परियोजनाका टिम लिडर सीता घिमिरे, लेखक तथा पत्रकार होम कार्की लगायतले पुस्तकको विमोचन गर्नुभएको हो ।
'घुम्टी' रोजगारीका शिलशिलामा विदेशिएका युवा र उनीहरूको पखाईमा बस्ने परिवारको भावना समेटिएको कथामा केन्द्रीत छ ।
घुम्टीको समीक्षा गर्दै पत्रकार कार्कीले प्रायजसो श्रीमानहरू विदेश जानुपर्ने बाध्यता, श्रीमान विदेशमा हुँदा नेपालमा श्रीमतीबाट हुने धोका र छलकपटका बारेमा मात्रै चर्चा हुने गरेकोमा यो पुस्तकमा श्रीमानलाई कुरेर जीवन बिताएका श्रीमती र परिवारको दुःख समेटिएको बताउनुभयो ।
'सामान्यतया वैदेशिक रोजगारीमा जानेहरूको मात्रै दुःख लेख्ने गरिएको छ । उनीहरूको समस्या मात्रै उठाउने गरिएको छ ।' कार्कीले भन्नुभयो, 'तर 'घुम्टी' मा विदेशमा आफन्त पठाएर नेपालमा बस्ने परिवारको दुःख र असजिलाहरूको बारेमा उठाइएको छ । नदेखिएको वा नखोजिएको पाटोको उजागर पुस्तकले गरेको छ ।'
सामान्यतया बैदेशिक रोजगारीमा जानेहरूको मात्रै दुःख लेख्ने गरिएको छ, उनीहरूको समस्या मात्रै उठाउने गरिएको छ कार्कीले भन्नुभयो, तर घुम्टीमा विदेशमा आफन्त पठाएर नेपालमा बस्ने परिवारको दुःख र असजिलाहरूको बारेमा उठाईएको छ ।
सुरक्षित आप्रवास परियोजनाका टिम लिडर घिमिरेले 'घुम्टी' वर्तमान समाजको यर्थाथ चित्र बोकेको पुस्तक भएको बताउनुभयो ।
घिमिरेले वैदेशिक रोजगारको सामाजिक मूल्य सम्बन्धी विषय उठान गर्दा लैगिंक संवेदनशिलतालाई ध्यान दिनुपर्ने बताउदै यसबारेमा अझै धेरै कलम चलाउनुपर्ने आवश्यकता रहेको औल्याउनुभयो ।
पुस्तकले आप्रवासनसँग सम्बन्धित महिला तथा बालबालिकाको प्रतिनिधिमूलक कथा बोलेको बताउँदै यसबाट आगामी दिनमा सुरक्षित आप्रवासनको क्षेत्रमा गर्नुपर्ने काम अझै धेरै रहेको देखिएको धारणा राख्नुभयो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव अर्यालले वैदेशिक रोजगारीमा जानु नेपाली युवाहरूको बाध्यता रहेको बताउँदै रोजगारीको क्षेत्रलाई सकेसम्म सुरक्षित बनाउनको लागि सरकारले काम गरिरहेको बताउनुभयो ।
विदेशबाट फर्किएर आएकाहरूलाई सीप र क्षमताको आधारमा काम गर्ने वातावरण बनाइदिने तथा अनुदान रकम दिने काम सरकारले गरिरहेको उल्लेख गर्दै सचिव अर्यालले यसले विदेशबाट फर्किएकाहरूको जीविकोपार्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
'घुम्टी' जस्ता पुस्तकले सरकारी निकायलाई नीति बनाउन तथा गैह्र सरकारी संघसस्थालाई पैरबी गर्नमा सघाउ पुग्ने पनि सचिव अर्यालको भनाइ थियो ।
सचिब अर्यालले बैदेशिक रोजगारीमा जानु नेपाली युवाहरूको बाध्यता रहेको बताउदै बैदेशिक रोजगारीको क्षेत्रलाइ सकेसम्म सुरक्षित बनाउनको लागि सरकारले काम गरिरहेको बताउनुभयो ।
लेखक पौडेलले सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्ने क्रममा भेटिएका पात्र र उनीहरूका कथा आफूले मात्रै सुनेर चित्त नबुझेकाले पुस्तकका रूपमा सबै सामु ल्याएको बताउनुभयो ।
पुरुषहरूलाई धन कमाउन विदेश पठाएका महिलाहरूले नेपालमा एक्लै सङ्घर्ष गर्नुपर्दाका दुःख, अझ परिवारका भरोसा मानेका पुरुषलाई उतै गुमाउनुपर्दाको पीडाले विक्षिप्त महिला र उनीहरूको जीवन रक्षाको लागि सबै पक्षले काम गर्नुपर्ने लेखक पौडेलको भनाइ छ ।
पौडेलको यो पहिलो कृती हो । पुस्तक भित्र विदेश गएका आफन्तको पखाईमा रहेका नेपालका प्रियजनहरूको भावना मिश्रित वास्तविक कथाहरू रहेका छन् ।
वर्षौँदेखि विदेश गएका श्रीमानको पखाईमा बसेका श्रीमती, वेपत्ता श्रीमानको खोजीमा भौतारिएका श्रीमती, अनुहारै नचिनेका तर आफ्ना बाको पखाईमा रहेका छोराछोरीका कथा पुस्तकमा छ ।
धन कमाउन मायाँ गर्ने मनहरू यतै छोडेर गएका युवाहरू र उनको पखाईमा बसेका परिवारबीचको विछोडको कथा पुस्तकमा छ ।
प्रकाशित मिति: शनिबार, चैत २६, २०७८, २२:१४