काठमाडौँ । देशमा वार्षिक करिब ८४ हजार मेट्रिक टन स्याउ खपत हुन्छ ।
नेपालमा उत्पादित स्याउले बजार पाउँदैन, तर चीन, भारत, अमेरिका र इन्डोनेसिया लगायत देशबाट वार्षिक अर्बौँको स्याउ भित्रिन्छ ।
चालु आर्थिक वर्षको आठ महिनामा मात्रै पाँच अर्ब सात करोडको स्याउ आयात भएको छ ।
धानमा आत्मनिर्भर बन्ने सरकारी लक्ष्य छ, तर चालु अर्थिक वर्षमा मात्रै १५ अर्बको धान र २२ अर्ब ७५ करोडको चामल भित्रिएको छ ।
नेपालमा फलेका तरकारी र फलफूले बजार नपाउँदा वार्षिक खर्बौँको विदेशमा फलेका तरकारी नेपाल ल्याउने अवस्था रहेको केन्द्रीय फलफूल तरकारी थोक बजार व्यावसायी सङ्घका अध्यक्ष राजन न्यौपाने बताउनुभयो ।
अत्यावश्यक र आवश्यक मात्रै होइन, विलासी सामग्रीका आयत पनि उत्तिकै बढिररहेको छ ।
गरगहना, बनिबनाउ खालका लुगाफाटो, तयारी खाना, सजावटका सामग्री, सवारीसाधनका पाटपुर्जादेखि सुनचादीसम्मको आयत बढ्दा नेपाली रकम बाहिरिरहेको छ ।
पछिल्लो ८ महिनामा सवारी साधन र यससम्बन्धी पाटपूर्जा आयातमा मात्रै झण्डै ७६ अर्व रुपैयाँ बाहिरिएको छ ।
जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २१ प्रतिशतले बढी हो ।
चकलेट, मदिरा, चिया, कफी, घडी, मार्बल जस्ता सामग्री प्रयोग नगर्दा पनि फरक नपर्ने बस्तुहरू हुन् । राष्ट्र बैँकको सुझाव अनुसार विलासिताका सामग्री आयात कम भएमा अर्थतन्त्रलाई बलियो बनाउन मद्दत पुग्छ ।
यही अवधीमा २२ अर्व ८३ करोडको सुन र १३ अर्ब रूपैयाँको चाँदी आयात भएको छ ।
अनावश्यक बस्तुहरूको आयत अर्थतन्त्रका लागि मुख्य चुनौती रहेको एक जना अर्थविद् अनलराजको भनाइ छ । अनुत्पादक वस्तुहरूको आयात बढ्दै जाँदा विदेशी मुद्रा सञ्चिती पनि घट्दै गएको छ ।
पछिल्लो ८ महिनामा ३२ अर्ब रूपैयाँको मोबाइल भित्रिएको छ भने १२ करोडभन्दा बढीको लुगा धुने पाउडर र १८ करोडको तास भित्रिएको छ ।
विलासिताको यस्ता सामग्रीले अर्थतन्त्रमा चुनौती थपिएको भन्दै राष्ट्रबैँकले यसमा कडाइको लागि सिफारिस गरेको सहप्रवक्ता, नारायण प्रसाद पोखरेल बताउनुहुन्छ ।
चकलेट, मदिरा, चिया, कफी, घडी, मार्बल जस्ता सामग्री प्रयोग नगर्दा पनि फरक नपर्ने बस्तुहरू हुन् । राष्ट्र बैँकको सुझाव अनुसार विलासिताका सामग्री आयात कम भएमा अर्थतन्त्रलाई बलियो बनाउन मद्दत पुग्छ ।
विलासी सामानको आयात बढ्दा अर्थतन्त्रमा दवाव बढ्दै गएको भन्दै नेपाल राष्ट्र बैँकले विभिन्न ५० वस्तुको आयातमा कडाइ गर्न सिफारिस गरेको छ ।
यसबारेको अडियो रिपोर्ट सुन्नुहोस्ः
प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८, ०९:१३