जनजाति समुदाय अन्तर्गत पर्ने हायू जाति लोपोन्मुख समुदायमा पर्छन् । अहिले देशभर यो समुदायको लगभग २९ सय जनसङ्ख्या रहेको छ ।
हायू पिछडिएको जनजाति समुदायमा पर्दछ । हायूको बारेमा धेरैलाई जानकारीसमेत छैन ।
हायू जातिलाई विभिन्नथरी व्यक्तिले विभिन्न तरिकाले परिभाषित गर्ने गरेका छन् ।
धेरै जनसङ्ख्या नभएको र त्यसमा पनि पढेलेखेको सङ्ख्या अत्यन्तै कम भएकाले यो जातिको वास्तविकता बारेमा खोजीनिति गर्नेहरू कम रहेका छन् ।
अब भने देशव्यापी रूपमा हायु जाति चिनाउनुपर्ने समय आएको छ ।
त्यसको लागि हायूको भाषा, संस्कार, सस्कृतिको संरक्षण गर्ने र त्यसलाई देशव्यापी फैलाउनुपर्ने आवश्यकता छ । तर यसको लागि स्थानीय सरकारदेखि अरू सरोकारवालाले पनि साथ दिएका छैनन् ।
पछिल्लो केही समय यता सरकारले हायू जातिलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । सरकारले प्रति व्यक्ति मासिक चार हजार रुपैयाँ दिने गरेको छ ।
यसबाट सरकारले यो समुदायलाई थोरै भए पनि साथ दिएको छ,भन्न सकिन्छ तर यो समुदायको विकासको लागि भने अझै धेरै गर्नु आवश्यक छ ।
हायूहरू एकदमै सोझा, सीधा र आफूले गरेको कामलाई पनि खुलेर भन्न नसक्ने खालका हुन्छन् ।
कुनै समयमा हायू जातिका मानिस यति गरिब थिए कि भेषभुषा पनि फेर्न नसक्ने अवस्थाका थिए । तर अहिले भने आर्थिक अवस्थामा केही सुधार आएको छ ।
किंवदन्ती अनुसार पुर्खाले बाजा जहाँ पुग्दा बज्छ त्यही तिमीहरूको बसोबास हुन्छ भनेका थिए । अरू दाइहरू ओखलढुङ्गा गएको र कान्छो भाइको बसोबास रामेछापको मुडाजोर पाली गाउँमा भएको मानिन्छ ।
हायू जातिका मानिसहरूको अनुहार अरु कुनै पनि जातिका मानिसहरूसँग मिल्दैन ।
उनीहरू साना र दुब्ला कदका हुन्छन् । हायूहरूको हिडाइ, बोलाइ र काम गराइ अरुभन्दा भिन्न रहेको हुन्छ ।
हायूहरू सामान्यतया नाक थेप्चो, आखाँ चिम्रो, गोलाकार अनुहारका हुन्छन् ।
हायू जाति उत्पतिको किंवदन्ती
जानकारहरूका अनुसार हायूको पाँच दाजु भाइ छन् ।
जसमा सबैभन्दा जेठो जिरेल, माइलो लिम्बु, साइलो राई, काइलो सुनुवार, र हायू कान्छो भाइ हो ।
किंवदन्ती अनुसार सिन्धुलीको सोली थूम्का उकालो डाँडा चढ्दा दाइहरू माहाभारत कटिसकेको र कान्छो भाइ ढिला भएको हुँदा भाइ किन आएन भनेर दाइले राई भाषामा भाइलाई बालाई हाइ अर्थात नेपालीमा छिटो आइजो भाइ भनेको र सोहीबाट कान्छो भाइको थर हाइ बाट हायू भएको मानिन्छ ।
यी पाँचै भाइलाई पुर्खाले बाजा दिएर यात्रामा पठाएका थिए ।
हालसम्म शब्दकोश निर्माणका लागि हामीले व्यक्तिगत रुपमा पैसा खर्च गरिरहेका छौँ । हाल सम्म ५ हजार शब्दहरू सङ्कलन भइसकेको छ । थोरै रकम र आफ्नै खर्चले मात्रै हायू जातिको भाषा संरक्षणको जिम्मेवारी पूरा हुँदैन ।
किंवदन्ती अनुसार पुर्खाले बाजा जहाँ पुग्दा बज्छ त्यही तिमीहरूको बसोबास हुन्छ भनेका थिए । अरू दाइहरू ओखलढुङ्गा गएको र कान्छो भाइको बसोबास रामेछापको मुडाजोर पाली गाउँमा भएको मानिन्छ ।
त्यसैबाट रामेछाप, सिन्धुली, काभ्रे, सर्लाही र उदयपुर लगायतका जिल्लाहरूमा हायूहरूको बसोबास फैलिएको रामेछापका जेष्ठ नागरिक जनक हायू बताउनुहुन्छ ।
हायू भाषा संरक्षणको आवश्यकता
हायू भाषा जो कसैले बोल्न र बुझ्न सक्दैनन् । पाका पुस्ताहरू भन्छन्, सुरुमा हायू भाषा बोल्दा समाजका ठूलाबडा भनिएकाले नै नबुझिने भाषा नबोल्न आग्रह गर्ने गरेका थिए ।
थोरै जनसङ्ख्या भएको र अन्य जातिका मानिसहरूको बीचमा नै बस्नुपर्ने भएकाले हायू भाषा मात्रै बोलेर साध्य नलागेपछि यो भाषा लोप हुँदै गएको हो ।
हायू भाषा बोल्न छोड्दै गएपछि नयाँ पुस्तालाई यसबारेमा जानकारीसमेत छैन । हायू भाषा बोल्दा अरुले जिस्क्याउने भएकाले लाजले गर्दा यो भाषा बोल्न नसकेको युवाहरू बताउँछन् ।
तर अब भने आफ्नो जातिको पहिचान र भाषाको लागि युवाहरू जुर्मुराएका छन् ।
हायू भाषाको संरक्षण गर्नको लागि भन्दै हायू किशोरीहरू शब्दकोश निर्माणमा जुटेका छन् । आफ्नो पहिचान जोगाउनको लागि हायू जातिको शब्दकोश निर्माण गर्न खोजिएको हो ।
शब्दकोश निर्माणको लागि मेरै नेतृत्वमा एउटा किशोरी समूह गठन भएको छ । जहाँ १० जना किशोरीहरू रहेका छन् ।
पछिल्लो पुस्ता पनि भाषा बोल्न सक्षम बनून् भन्ने उदेश्यले हायू जातिको शब्दकोश निर्माणमा जुटिएको हो । तर यसको लागि सरोकारवालाले भने सहयोग गरेका छैनन् ।
सबैको सहयोग पाएको खण्डमा लोपोन्मुख जाति हायूले परम्परादेखि बोल्दै आएका भाषा लिपिबद्ध हुने छ, यो भावी पुस्ताको लागि सबैभन्दा ठूलो उपहार हुने छ ।
हायू जातिलाई आदिवासी जनजाति माहासङ्घमा सूचीकृत भने गराइएको छ । तर त्यभन्दा अरु काम हुन सकेको छैन ।
शब्दकोश निर्माण भएपछि हायूको भाषा, पहिचान र अस्तित्व जोगिन्छ भन्ने हाम्रो विश्वास छ । किन कि पुराना पुस्ताका कार्य नयाँ पुस्ताले पनि ग्रहण गर्छ ।
लगभग अहिलेसम्म शब्दकोश निर्माण गरिरहदा हामिले अ देखि अं सम्म क देखि ज सम्मका शब्द निर्माण गरिसकेका छौँ ।
हामिले ज्ञ सम्मका शब्द खोज्न लागि परेका छौँ । भनिन्छ आँट र सुरू गर्नु नै ठूलो कुरा हो । हामीले आफ्नो भाषा संरक्षणको लागि आँट गरेका छौँ ।
यसलाई पूरा गर्नको लागि स्थानीय, प्रदेश सरकारदेखि केन्द्र सम्मको सहयोग आवश्यक छ ।
अनि भाषा आयोगदेखि अरू सराकोरवाला सङ्घसंस्था र अभियान तथा साथीहरूको सहयोग भएको खण्डमा मात्रै हामीले यो कामलाइ पूरा गर्न स्क्ने छौँ ।
हालसम्म शब्दकोश निर्माणका लागि हामीले व्यक्तिगत रुपमा पैसा खर्च गरिरहेका छौँ । हाल सम्म ५ हजार शब्दहरू सङ्कलन भइसकेको छ ।
तर थोरै रकम र आफ्नै खर्चले मात्रै हायू जातिको भाषा संरक्षणको जिम्मेवारी पूरा हुँदैन । त्यसको लागि हामीलाइ सबैको सहयोग आवश्यक रहेको छ ।
सबैको सहयोग पाएको खण्डमा लोपोन्मुख जाति हायूले परम्परादेखि बोल्दै आएका भाषा लिपिबद्ध हुने छ, यो भावी पुस्ताको लागि सबैभन्दा ठूलो उपहार हुने छ ।
सरकारले नै गर्नुपर्ने काम किशोरीहरूले गर्छु भनेर सक्रियता देखाउदा यसलाई सार्थक बनाउन सबैले साथ दिनुपर्छ भन्ने मलाई लाग्छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९, १२:५१