काठमाडौँ । कवि तथा कथाकार राधा कार्कीको कवितासङ्ग्रह शाश्वत आकृति’ सार्वजनिक भएको छ ।
नयाँ वर्षका दिन राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा.जगमान गुरुङ, सदस्य सचिव प्रा. जगतसाद उपाध्याय लगायतकाले संयुक्त रुपमा कवितासङ्ग्रह ‘शाश्वत आकृति सार्वजनिक गरेका हुन् ।
कृति सार्वजनिक गर्दै कुलपति उप्रेतीले राधाका कविताहरू विषयवस्तु, शिल्प र शैलीका हिसाबले सुन्दर भएको उल्लेख गर्नुभयो । “राधाजीबाट अझ सुन्दर कविता सिर्जना हुने अपेक्षा गर्न सकिन्छ” उहाँले भन्नुभयो ।
सदस्य सचिव प्रा. उपाध्यायले जीवन र जगत्का विविधि पक्षलाई विषय बनाएर लेखिएका राधाका कविताहरूले समाजलाई सकारात्मक सन्देश दिने बताउनुभयो ।
राधाका यसअघि लघुकथा सङ्ग्रह संवाहक, बाल कथासङ्ग्रह पप्पी र पट्टु प्रकाशित छन् ।
राधाका यसअघि लघुकथा सङ्ग्रह संवाहक, बाल कथासङ्ग्रह पप्पी र पट्टु प्रकाशित छन् । मकालु प्रकाशन गृहबाट प्रकाशित ‘शाश्वत आकृतिमा ५२ ओटा कविता समाविष्ट छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९, १४:४९