काठमाडौँ । रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले काठमाडौँ महानगरपालिका केन्द्रीत चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
घोषणापत्रमा विद्युतीय सवारीसाधन खरिदमा तीन वर्षसम्म महानगरीय कर नलिनेदेखि काठमाडौँमा सार्वजनिक शौचालय निर्माण गर्ने सम्म उल्लेख छ ।
महानगरको मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधारलाई अगाडि सार्दै विवेकशीलले चुनावी घोषणापत्रमार्फत ५० वटा थप सार्वजनिक शौचालय लगायत निर्माण गर्ने घोषणा गरेको हो ।
हरेक वडामा नयाँ सार्वजनिक पार्क बनाउने, अनधिकृत जग्गालाई खुल्ला क्षेत्रका रूपमा विकास गर्ने, काठमाडौँका कतिपय भित्री क्षेत्रमा निश्चित समयका लागि सवारीसाधान निषेध गरी पर्यटक लक्षित आकर्षक बजार क्षेत्र र स्थानियवासीका लागि सार्वजनिक स्थलको विकास गर्ने विषय समेटेर चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।
प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९, ०८:०७