काठमाडौं ।
आज एकसय ३० औं अन्तराष्ट्रिय मजदुर दिवस । मजदुर दिवसको अवसर पारेर विश्वभरी नै विभिन्न कार्यक्रम भए । दिवसको अवसरमा नेपालमा पनि भिन्न भिन्न कार्यक्रम गरिए ।
श्रमिक दिवसका अवसर पारेर आज काठमाडौंमा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरुले पनि आफैंले कार्यक्रम गरेर आफ्ना क्षेत्रको समस्या सरकारलाई सुनाए ।
श्रमिक महिलाले आयोजना गरेको उक्त कार्यक्रममा पुगेको थिएँ । दिउँसो साढे १ बजे । काठमाडौंको बबरमहल पुग्दा कामकै कुरा गर्न महिलाहरु भेला भएका छन् ।
बाँसका सामग्री बनाउने, कृषि क्षेत्रमा काम गर्ने, सिलाइकटाइ, सडकमा बसेर व्यवसाय गर्ने, घरको काम गर्ने, निर्माण क्षेत्रमा काम गर्ने, फोहोर व्यवस्थापन लगाएत अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाहरु भोगाई र अनुभव साटिरहेका थिए ।

सबै अतिथि आइसकेपछि झन्डै २ बजे कार्यक्रम सुरु भयो । कार्यक्रम ठूला कार्यक्रम, अभियान र समारोह भन्दा फरक थियो । कार्यक्रमको सुरुवात र उद्घाटनमा श्रमिक महिला नै देखिए ।
‘महिलाको श्रमको सम्मान गरौं, सामाजिक न्याय सहितको विकासमा अघि बढौं’ भन्ने नारासहित महिलाको श्रमको सम्मान तथा न्यायका लागि सुरु भएको राष्ट्रव्यापी अभियानको उद्घाटन श्रमिक महिला आफैंले गरेका हुन् ।
समान ज्याला, हिंसा र दुव्र्यवहारमुक्त काम गर्ने ठाउँ, व्यवसायिक सुरक्षा र स्वास्थ्य, योगदानमा आधारित सामाजिक सुरक्षा मुख्य पाँचवटा माग राखेर महिलाहरुले राष्ट्रव्यापी अभियान सुरु गरेका छन् ।
महिलाहरुले कार्यथलोमा महिलामाथि हुने हिंसा, ज्यालाको विभेद जस्ता विषय अतिथिका रुपमा बोलाइएका सरकारी अधिकारीलाई बुझाउन खोजिरहेका थिए ।
समान ज्याला, हिंसा र दुव्र्यवहारमुक्त काम गर्ने ठाउँ, व्यवसायिक सुरक्षा र स्वास्थ्य, योगदानमा आधारित सामाजिक सुरक्षा मुख्य पाँचवटा माग राखेर महिलाहरुले राष्ट्रव्यापी अभियान सुरु गरेका छन् ।
कार्यथलोमा महिलामाथि हुने हिंसा, ज्यालाको विभेद जस्ता अप्ठ्यारोका विषयमा उनीहरु नाटक मार्फत् अरुलाई बुझाउन खोजिरहेका थिए । केही श्रमिक महिला अगाडी आए र निर्माण क्षेत्रमा महिलामाथि हुने शोषण र ज्यालाको विभेदको विषयमा छोटो अभिनय गरे ।
श्रमिक महिलाले आफ्ना समस्या र अप्ठ्यारा सुनाएनन् मात्रै अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुप्रति सरकारले नजर पु¥याउन नसकेको भन्दै श्रम मन्त्रालयका उप सचिव मार्फत् श्रममन्त्रीलाई मागपत्र पनि बुझाए ।
मागपत्र बुझेपछि श्रम मन्त्रालयका उप–सचिव डाक्टर लोकनाथ भुषालले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकका अप्ठ्यारा हटाउन सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सीआईएनसँग कुराकानी गर्दै उप–सचिव डाक्टर भुषालले किताबमा पढेको र सुनेको अनौपचारिक क्षेत्रका महिलाले भोग्नुपर्ने समस्या र अप्ठ्यारो उनीहरुकै मुखबाट सुन्दा यसको गाम्भिर्यता बुझ्न मद्दत पुगेको पनि बताउनुभयो ।
मागपत्र बुझेपछि श्रम मन्त्रालयका उप–सचिव डाक्टर लोकनाथ भुषालले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकका अप्ठ्यारा हटाउन सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
श्रमिक महिलाले आजबाट सुरु भएको राष्ट्रिय अभियानमा सहयोग गर्न सबै क्षेत्रलाई आग्रह गरेका छन् ।
हालै तथ्यांक विभागले सार्वजनिक गरेको श्रमशक्ति सर्वेक्षण अनुसार ६४ प्रतिशत श्रमिक अनौपचारिक क्षेत्रमै काम गरिरहेका छन् । ती मध्ये धैरै संख्या महिलाको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६, २०:०१