काठमाडौँ । नेपाली काँग्रेसले यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
पार्टी कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने नारा दिएर ‘नेपाली काँग्रेसको संकल्प, स्थानीय तह निर्वाचन २०७९’ जारी गरेको हो ।
८८ पृष्ठ लामो घोषणापत्रमा २०७४ को निर्वाचनपछि पाँच वर्ष खेर गएको, प्रदेश र केन्द्रमा नेकपाको सरकार, नेकपा सरकारको अधिनायकवाद र सर्वसत्तावाद, प्रतिनिधिसभा विघटन, लोकतान्त्रिक गणतन्त्र र संविधान असफल बनाउने षड्यन्त्र गरेको आरोप लगाइएको छ ।
प्रतिपक्षमा काँग्रेसले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरेको दावी घोषणापत्रमा छ ।
घोषणापत्रको पूर्णपाठः
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९, १४:३३