काठमाडौँ । वर्तमान सरकारमा सहभागी दलहरुको गठबन्धनले बागी उम्मेदवारी दिएकाहरुलाई आज साँझसम्ममा फिर्ता लिन समय सीमा दिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सत्तागठबन्धनका शीर्ष नेताहरूको बैठकले महानगरपालिका र उपमहानगरपालिकाका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
सरकारमा रहेका दलबाहेकसँग भएका चुनावी तालमेल खारेज गर्न निर्देशन दिने सहमति पनि बैठकमा भएको उहाँको भनाइ छ ।
चितवन लगायत विभिन्न जिल्लामा सत्तागठबन्धनका उम्मेदवारविरूद्ध बागी उम्मेदवारी परेको छ।
सत्ता गठबन्धन बैठकमा भएको तीन बुँदे सहमतिः
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९, १२:५०