रेडियो मेलम्ची, सिन्धुपाल्चोक
चार वर्षदेखि बन्द रहेको तातोपानी नाका खुल्ने मिति २ महिना पर धकेलिएको छ ।
मे १ मा सञ्चालन गर्ने भनिएको राजधानी काठमाडौंबाट सबैभन्दा छोटो दुरीमा पर्ने तातोपानी नाका खुल्ने मिति नेपाल तर्फको काम सम्पन्न नहुँदा पर धकेलिएको हो ।
हालसम्म चीनतर्फको ९५ प्रतिशतभन्दा बढी काम सकिंदा नेपाल तर्फको ४० प्रतिशत मात्रै काम सकिएको छ ।
दुवै सरकारबीच विश्व मजदुर दिवस अर्थात् मे १ को दिनमा नाका खोल्ने सहमति भएपनि त्यो सम्भव हुन नसकेको अधिकारीहरुले बताएका छन् ।
नेपालको जिम्मेवारीमा रहेको अधिकांश सडक निर्माण थालनीको चरणमा मात्र रहेको छ ।
चीनले आफ्नो जिम्मेवारीमा परेको सडक सम्पन्न गरेर मे २८ सम्म हस्तान्तरण गर्ने र त्यसको एक महिनापछि मात्र सूचारु हुन सक्ने सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६, ०७:३०