टेकेन्द्र बोहरा, जनमुखी एफएम, बझाङ
बझाङ । १० वर्षदेखि बन्द अवस्थामा रहेको बझाङको देवल विमानस्थल कालोपत्रे गर्न सुरु भएको छ । बझाङ। बझाङका नागरिक अभिन्यता, सांसद र स्थानीयको पटक पटकको दवावपछि नागरिक उड्डयन प्राधिकरणले विमानस्थल कालोपत्रेका लागि ठेक्का दिएपछि कालोपत्रेको काम सुरु भएको हो ।
२०३५ सालमा कच्ची विमानस्थल निर्माण सम्पन्न भएपछि पहिलो पटक तत्कालीन शाही नेपाल वायुसेवा निगमले साप्ताहिक उडान थालेको यो विमानस्थल २०६५ सालसम्म सञ्चालनमा थियो । पछिल्लो समय निगम बाहेकका निजी विमान कम्पनीहरुले पनि बझाङबाट नेपालगञ्ज र धनगढीका लागि उडान भर्ने गरेका थिए । २०६५ सालमा बझाङ सदरमुकाम चेनपुरसम्म बस सञ्चालन भएपपछि देवल विमानस्थल अलपत्र परेको थियो ।
विमानस्थल कालोपत्रे हुन लागेपछि देवलका स्थानीय बासिन्दा खुसी भएको देवलका स्थानीबासी प्रबिन धामीले बताउनुभभयो । अमर कन्स्ट्रक्सनले देवल विमानस्थललाई कालोपत्रे गर्ने जिम्मा पाएको छ । करिब पाँच करोड ५० लाखको लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी गत साउनमा ठेक्का सम्झौता भएको थियोे । विमानस्थलसम्म गाडी चल्ने सडक निर्माण कार्य पनी सम्पनन भइरहेको र कालोपत्रेको काम सुरु भएको निर्माण कम्पनीका प्रमुख देवी न्यौपानेले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, फागुन ६, २०७५, ०८:४८