रेडियो कपुरकोट, सल्यान
सल्यान कपुरकोट गाउँपालिकाका किसानले उन्नत कृषि प्रविधिका विषयमा आफ्नै बारीमा अध्ययन गरेका छन् ।
कपुरकोट २ खहरेका किसानले उन्नत प्रविधिबाट खेती गर्दा कम लागतमा बढि उत्पादन लिन सकिने भएपछि अब नयाँ ढंगले खेती गर्ने उनीहरुले बताएका हुन् ।
कपुरकोट गाउँपालिका कृषि विकास शाखाको आयोजनामा सञ्चालन गरिएको जनचेतना तरकारी कृषक पाठशालामा आवद्ध २५ जना किसानले आलु खेती गरेका थिए ।
गत माघ १३ गते एक रोपनी जमिनमा किसानहरुले परम्परागत तरिकाले र उन्नत प्रविधि मार्फत् आलु खेती शुरु गरेका थिए । कृषक डण्डी बस्नेतले आधा रोपनीमा पुरानो शैलीमा र आधा रोपनी जमीनमा नयाँ उन्नत तरिकाले खेती गर्दा धेरै फरक पाइएको बताउनुभयो ।
कपुरकोट गाउँपालिका कृषि विकास शाखाको आयोजनामा सञ्चालन गरिएको जनचेतना तरकारी कृषक पाठशालामा आवद्ध २५ जना किसानले आलु खेती गरेका थिए ।
उहाँले भन्नुभयो, ‘उन्नत तरिकाले गरिएको खेतीबाट आलुको राम्रो फल लाग्यो र धेरै पनि फल्यो ।’ कृषि विकास शाखा कपुरकोटका प्राविधिक कमला ओलीका अनुसार परमपरागत तरिका भन्दा उन्नत प्रविधिबाट खेती गर्दा त्यही जमिनमा एक सय ५० किलो बढि आलु उत्पादन भएको छ ।
बुधबार खहरेमा पाठशालाको समापन कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै उहाँले उन्नत तरिकाले आधा रोपनी जमिनमा ५० किलो आलुको बिउ ७० सेन्टीमिटर फरकको ड्याङ र २५ सेन्टीमिटरको फरकमा रोप्दा १० वर्गमिटरमा ४०.५ किलो उत्पादन भएको बताउनुभयो ।
तर स्थानीय तरिकाले लगाउँदा ३७ किलो मात्रै उत्पादन भएको थियो भने आलुको दाना पनि निकै साना उत्पादन भएका थिए । जनचेतना तरकारि कृषक पाठशालाका अध्यक्ष डिल्ली बहादुर बस्नेतले पाठशालामा सिकेको ज्ञान र सीप प्रयोग गरेर अब थप खेती बढाउने योजना रहेको बताउनुभयो ।
‘पहिले हामीले कृषि प्राविधिकहरुलाई देख्नै पाउँदैनथ्यौँ, तर यस पटक उहाँहरु हाम्रो खेतबारीमै आएर पढाउनुभयो, उहाँले भन्नुभयो, ‘सिकेर, बुझेर खेती गर्दा राम्रो उत्पादन हुने रहेछ ।’
बुधबार खहरेमा पाठशालाको समापन कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै उहाँले उन्नत तरिकाले आधा रोपनी जमिनमा ५० किलो आलुको बिउ ७० सेन्टीमिटर फरकको ड्याङ र २५ सेन्टीमिटरको फरकमा रोप्दा १० वर्गमिटरमा ४०.५ किलो उत्पादन भएको बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले आधुनिक प्रविधिबाट खेती गर्दा कम लागतमा धेरै उत्पादन हुने भएकाले यसतर्फ लाग्न किसानहरुलाई आग्रह गर्नुभयो ।
व्यवसायीक तरकारी उत्पादनका लागि किसानलाई तालिम
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कपुरकोट ३ र ४ मा शुरु भएको तरकारी ब्लकमा आवद्ध किसानलाई तरकारी खेती सम्बन्धी तालिम प्रदान गरिएको छ ।
बुधबार २ दिने कम्पोष्ट तथा गोठे मल र तरकारी बिरुवा उत्पादन एवम् खेती सम्बन्धी तालिम समापन गरिएको ब्लक सञ्चालक समितीका सचिव तिलक शर्माले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६