काठमाडौँ । सरकारले आउँदो जेठ ३ गते सङ्घीय संसद्को बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
आज बसेको मन्त्रीपरिषद् बैठकले जेठ ३ गते संसद्को बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निणर्य गरेको एक मन्त्रीले सीआइएनलाई जानकारी दिए ।
उनका अनुसार जेठ ३ गते दिउँसो ४ बजे संसद्को संयुक्त बैठक बोलाउन सिफारिस गर्ने निणर्य भएको हो ।
आजको मन्त्रिपरिषद् बैठकले हिमाली जिल्लाका म्यादी प्रहरीलाई नेपाल प्रहरीले पाउँदै आएको भत्ता सुविधा दिने र कुनै कारणवश चुनावको समयमा सुरक्षाकर्मीको मृत्यु भएमा २० लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९, ११:३७