नहकुल जोशी, रेडियो बुढीनन्दा, कोल्टी/बाजुरा
देशभर अन्तराष्ट्रिय श्रमिक दिवस मनाईरहँदा लामो समयदेखि सरकारी कर्मचारीका रुपमा रहेका अतिरिक्त हुलाकीहरुले सरकारले नै आफूहरुको श्रम शोषण गरिरहेको गुनासो गरेका छन् ।
वर्षौदेखि सरकारी सेवामा रहेर काम गरिरहेको भए पनि सरकारले सामान्य मजदुर सरह पनि तलब सुविधा नदिएको उनीहरु बताउँछन् ।
२०४१ सालमा हुलाक सेवामा प्रवेश गर्नुभएका स्वामीकार्तिक खापर गाउँपालिका चार वाईका मयादत्त जोशीले ९५ रुपैयाँबाट शुरु गरेको जागिर अवधि ३४ बर्ष बितिसकेको छ ।
वर्षौदेखि सरकारी सेवामा रहेर काम गरिरहेको भए पनि सरकारले सामान्य मजदुर सरह पनि तलब सुविधा नदिएको उनीहरु बताउँछन् ।
अन्य सेवामा भए पेन्सन भईसक्ने अवस्था भए पनि अतिरिक्त हुलाक सेवामा स्थायी हुने आशामा काम गर्नुभएका उहाँको हालतको वेतन ६ हजार मात्रै छ ।
अस्थाई प्रकृतिका छोटी लाइनको सृजना गरेको तत्कालिन सरकारले भविष्यमा स्थायी हुने आश देखाएको थियो । तर आश गर्दागर्दै समय र उमेरले पनि डाँडो काटेपछि अतिरित्त हुलाकीहरु निराश छन् ।
मयादत्त जोशी जस्तै अतिरिक्त हुलाक सेवामा डाँक बहाक, हल्कारा लगायतका श्रेणीविहिन पदमा रहेका देशभरका झण्डै १० हजार कर्मचारीले दिनको २०० रुपैयाँमा काम गर्नुपरेको हुलाकी कर कठायतले बताउनुभयो ।
अतिरिक्त हुलाक सेवामा डाँक बहाक, हल्कारा लगायतका श्रेणीविहिन पदमा रहेका देशभरका झण्डै १० हजार कर्मचारीले दिनको २०० रुपैयाँमा काम गर्नुपरेको हुलाकी कर कठायतले बताउनुभयो ।
नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मजदुरहरुको न्युनतम पारिश्रमिक १३ हजार ४५० तोकेको छ । बाजुरामा मात्रै त्यस्ता अतिरिक्त हुलाकीहरुको संख्या ७५ छ भने देशभर झण्डै १० हजार जना रहेका छन् ।
करार सेवामा काम गर्ने हुलाकीहरु पनि मासिक ८ हजारमा काम गरिरहेका छन् । एकै क्षेत्रमा काम गर्ने स्थायी कर्मचारीले निजामति कर्मचारी सरह सेवा पाइरहँदा सोहि क्षेत्रमा काम गर्ने हुलाकीहरुलाई भने सरकारले विभेद गरेको उनीहरुको गुनासो छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजोमात्रै श्रमिक दिवसको कार्यक्रममा बोल्दै श्रमिकलाई ठगी गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६, ०९:२२