डडेलधुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली काँग्रेस पराजित भएको छ ।
प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको वडासमेत रहेको गन्यापधुरा १ रुवाखोको अध्यक्षमा काँग्रेस बीपीका नरेश भण्डारी विजयी हुनुभएको हो ।
भण्डारीले ६ सय ७३ मत पाउनुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार चन्द्रबहादुर देउवाले ५ सय ४४ मत पाउनुभएको छ ।
उक्त वडामा काँग्रेस बीपीको प्यानल नै विजयी भएको छ । नेपाली काँग्रेसबाट निष्कासित कर्ण मल्ल समूहले बीपी काँग्रेसको करुवा चुनाव चिन्ह लिएर जिल्लामा काँग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९, १९:३९