काठमाडौँ । यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको सन्दर्भमा जथाभावी अभिव्यक्ति दिने, गलत सूचना प्रवाह गर्नेलाई नेपाल प्रहरीले निगरानीमा राखेको जनाएको छ ।
चुनावमा उम्मेदवारी दिएका व्यक्ति, उनीहरूका समर्थकले आफ्नो पक्षमा मत आवस् भन्ने उद्धेश्यले नभएका सूचना पनि दिनसक्ने भन्दै निर्वाचन आयोगले पनि नेपाल प्रहरीसँगको समन्वयमा अध्ययन तथा अनुगमन गरिरहेको छ ।
नेपाल प्रहरी मातहतको केन्द्रीय साइबर व्युरोले फेसकुब, टिकटक, ट्विटर, युट्युब लगायतका सामाजिक सञ्जालबाट हुने र दिइने सूचनाको बारेमा अध्ययन गरिरहेको ब्युरोका सह निर्देशक, वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालले सीआईएनसँग बताउनुभयो ।
‘सामाजिक सञ्जालमा आउने सबै सूचनामा सत्यता हुँदैन । उम्मेदवार र उनका समर्थकले आफ्नो पक्षमा माहोल बनाउनका लागि भ्रामक कुरा राख्न सक्छन् ।’ अर्यालले भन्नुभो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९, १३:२६