वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह निर्वाचित हुनुभएको छ ।
नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीलाई २२ हजार ५ सय ४४ मतले पछि पार्दै सिंह निर्वाचित हुनुभएको हो ।
महानगर प्रमुखमा निर्वाचित सिंहले ४६ हजार २ सय १५ मत प्राप्त गर्नुभयो ।
नेकपा एमालेका उम्मेदवार सरावगीले २३ हजार ६ सय ७१ मत प्राप्त गर्नुभएको थियो । महानगरको उपप्रमुखमा नेपाली काँग्रेसका इम्तियाज आलम विजयी हुनुभएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९, ०९:११