काठमाडौँ । स्थानीय तहको निर्वाचन अन्तर्गत हालसम्म सार्वजनिक भएको निर्वाचित जनप्रतिनिधि मध्य देशभर ३ सय ७३ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको हालसम्म निर्वाचित ३३ हजार ८ सय ५८ जना जनप्रतिनिधिको सूचीमा ३ सय ७३ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
सबैभन्दा धेरै कणर्ाली प्रदेशमा ६८ जना स्वतन्त्र उम्मेदवारले जितेका छन् भने सुदूरपश्चिम प्रदेशमा ६७ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
स्वतन्त्र रुपमा उम्मेदवारी दिएर विजयी भएकाहरूले राजनीतिक दलबाट आउनेहरूको भन्दा फरक ढङ्गबाट काम गर्ने बताइरहेका छन् ।
प्रदेश १ मा ६५, गण्डकीमा ५३, मधेश प्रदेशमा ४९, लुम्बिनीमा ३६ र बागमतिमा ३५ जना स्वतन्त्र उम्मेदवार विजयी भएको निर्वाचन आयेगले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९, ०९:२१