काठमाडौँ । हिजो विहानदेखि वेपत्ता भएको तारा एयरको विमान दुर्घटनास्थलमा प्रहरी टोली पुगेको छ ।
मुस्ताङको थासाङ गाउँपालिका २ को दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नीरिक्षक राजकुमार तामाङ नेतृत्वको टोली बिहान पुगेको हो ।
फिस्टेल एयरको हेलिकप्टरमार्फत पुगेको टोलीले विवरण सङ्कलन गरिरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सीआईएनलाई जानकारी दिनुभयो ।
सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार स्थानीयबासी र जहाजको खोजीमा जुटेको शेर्पाहरुको टोलीले दुर्घटनास्थल पत्ता लगाएका थिए ।
विदेशी नागरिक, चालक दलका तीनसहित २२ जना सवार जहाज हिजो बिहानदेखि वेपत्ता थियो । पोखराबाट जोमसोमका लागि उडेको विमान म्याग्दीको आकास कटेपछि सम्पर्कविहीन भएको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९, ०८:४३