नेपालको मौसम पूर्वानुमान महाशाखाले भारतमा आउने शक्तिशालि चक्रवात ‘फानी’को प्रभाव नेपालमा पनि पर्ने भएको छ । फानी नेपालमा नआएपनि त्यसको प्रभाव भने पर्ने मौसमविदहरुले जनाएका छन । आज बेलुकादेखि पूवी र मध्ये क्षेत्रमा हावाहुरी र मेघ गर्जन र चटया्ङ्गसहित वर्षा हुने देखिएकाले सतर्क हुन महाशाखाले आग्रह गरेको छ ।
चक्रवात नेपालमा नआउने तर भारतको ओडिशा, झारखण्ड, पश्चिम बंगाल हुँदै बंगलादेश जाने भएकाले पूर्वी र मध्य नेपालमा असर गर्ने देखिएको छ ।
फानी समुद्री आँधी नेपाल नजिकै पूर्वाेत्तर भारतबाट बंगलादेशतिर जाँदा कमजोर हुने भएपनि त्यसको केही प्रभाव नेपालमा पर्नसक्ने मोसम विद् मिन कुमार अर्यालले सीआईएनसँग बताउनुभयो ।
यसको प्रभाव विस्तारै बढ्दै जानेछ । महाशाखाका अनुसार यो चक्रवात नेपालमा नआउने तर भारतको ओडिशा, झारखण्ड, पश्चिम बंगाल हुँदै बंगलादेश जाने भएकाले पूर्वी र मध्य नेपालमा असर गर्ने देखिएको छ ।
यो आँधीका कारण नेपालको हिमाली भेगमा बढि प्रभाव पर्न सक्ने भएकाले सतर्क रहन आग्रह अर्यालले आग्रह गर्नुपयो । हिमाली क्षेत्रमा यो आँधीका कारण हिमपात हुन सक्ने भएकाले सम्बन्धीत निकायहरुलाई पर्यटकहरुको सुरक्षामा विषेश ध्यान दिन महाशाखाले आग्रह गरेको छ । मौसम पूर्वानुमान शाखाका अनुसार फानीको प्रभाव पर्सि दिउँसोसम्म नै पर्ने देखिएको छ ।
आज शुक्रवार अपरान्हपछि आँधी नेपालको पूर्वी भूभागनजिक हुँदै उत्तर पूर्व जाने क्रममा कमजोर हुने मौसम विभागले जनाएको छ।
बङ्गालको खाडीमा बनेको सो समुद्री आँधी झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको छ। आँधीको प्रभावले त्यहाँ वर्षा हुन थालिसकेको छ। भारतको मौसम विभागका अनुसार स्थानीय समयानुसार बिहान आठ बजेदेखि १२ बजेभित्र फानीले ओडिशाको पुरीमा हान्नेछ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६, ०८:३६