२०६६ सालमा मैले रेडियो सुन्नुको फाईदा बुझेको वर्ष ।
मलाई अहिले पनि सम्झना छ, २०६६ सालमा जुम्लाको भेरिखोला टोप्ला गाउँमा तत्कालीन विद्यालयको संरचना अनुसार प्राविस्तरीय (कक्षा पाँच सम्मको) हाजिरिजवाफ प्रतियोगिता भएको थियो ।
विभिन्न विद्यालयबाट सहभागी पाँच टिममध्ये मेरो नेतृत्वमा दुर्गा निमावि मधुबाट पनि एउटा टिम थियो ।
हाम्रो ठीक अगाडिको टिमको भागमा एउटा प्रश्न पर्यो, ‘जुम्लाको जिल्ला शिक्षा अधिकारी को नाम के हो ? ’ चारवटै टिमबाट सही जवाफ आएन ।
जिल्ला शिक्षा अधिकारीको नाम मलाई थाहा थियो । त्यति बेला जुम्लामा जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाह हुनुहुन्थ्यो ।
हाम्रो टिमले यो प्रश्नबाट नम्बर प्राप्त गरेको थियो ।
११ वर्षीय बालकको मुखमा जिशिअको नाम झुण्डिएको देखेर दर्शकलाई अनौठो लागेछ ।
पछि मेरो विद्यालयका प्रधानाध्यापक मुनप्रसाद न्यौपानेले मलाई सोध्नुभयो, ‘तिमीलाई जिशिअको नाम कसरी थाहा भयो ?’ मैले भने, ‘रेडियोमा सुनेको थिएँ ।’
यस अर्थमा रेडियोबाट सूचनाको लाभ मैले ११ वर्षको उमेरमै लिइसकेको थिएँ ।
मलाई रेडियो सुन्नुको फाइदा त्यही हाजिरी जवाफ प्रतियोगितामा महसुस भइसकेको थियो ।
शिक्षा सम्बन्धीका स्थानीय समाचारमा बारम्बार जिशिअको नाम नसुनेको भए दुर्गमका विद्यार्थीेले यो प्रश्नबाट नम्वर पाउन सम्भव थिएन ।
मैले साढे तीन वर्षदेखि अरुलाई सूचना सुनाउने यस्तै जिम्मेवारी पाएको छु ।
अहिलेसम्म प्रचलनमा आएको र सङ्कलन गरी निकासी गरिएका आधारमा यहाँ बढी पाइने जडिबुटीमा यार्सागुम्बा, अत्तीस, गुच्चि च्याउ, वन लसुन, वायोजडी, जटामसी, अक्करकाँडा, सुमायो, सुगन्धवाल आदी पाइने गरेका छन् ।
रेडियो खुला आकासमा आबद्ध भइ सामुदायिक सूचना नेटवर्क (सीआईएन) मार्फत कणर्ाली को रैवार सुनाउने प्रयत्न गरिहेको छु ।
कोणधारी जङ्गलमा न्याउली चरीको लयबद्ध विरही धुनपछि लुकेको लोककथादेखि देशीविदेशीको खाना बनेको मार्सी चामलको खेती प्रणालीको खबर होस् या खस भाषा र खस सभ्यताको जननी जुम्लासँग जोडिएका अनेक विषयमा देशभर सूचना पुर्याउने अवसर पाउँदा सन्तोष मिलेको छ ।
कणर्ालीलाई अहिले पनि रोग, भोक र शोकको पर्यायका रूपमा चित्रण गरिन्छ ।
तर कर्ण वास्तिविक हैसियत योभन्दा भिन्न छ ।
काठमाण्डौँको आँखाले देखेको चित्र, त्यहाँको मनस्थितिले व्याख्या गरे जस्तो कणर्ाली दयाको पात्र होइन, यो त प्राकृतिक, धार्मिक र ऐतिहासिक महत्व बोकेको भूमि हो ।
कणर्ालीसँग स्वर्गको उपमा पाएको नेपालकै ठूलो रारा ताल छ ।
नागरिकका मसिना कुराहरू समाचारमा अटाउँदा उनीहरूले व्यक्त गरेको खुसी र हर्ष नजिकबाटै अनुभूति गर्ने मौका पनि पाएको छु । प्रेरणादायी रेडियो सामग्रीले कैयौँको जीवन बदलिएको भेटेको छु ।
मुलुककै गहिरो से-फोकसुण्डो छ, हामीले बोलिरहेको र लेखिरहेको नेपाली भाषाको उद्गम थलो सिञ्जाको सभ्यता छ ।
असङ्ख्य जडिबुटी को खानी हो, कर्णाली ।
एकिन किटान गर्न नसकिए पनि यस क्षेत्रमा करिब १४ सय प्रजातिका जडिबुटी पाइने अनुमान छ ।
तीमध्ये सबैको परीक्षण तथा उपयोगिता थाहा हुन सकेको छैन ।
अहिलेसम्म प्रचलनमा आएको र सङ्कलन गरी निकासी गरिएका आधारमा यहाँ बढी पाइने जडिबुटीमा यार्सागुम्बा, अत्तीस, गुच्चि च्याउ, वन लसुन, वायोजडी, जटामसी, अक्करकाँडा, सुमायो, सुगन्धवाल आदी पाइने गरेका छन् ।
यी यस्ता यहाँका घरेलु औषधिसमेत हुन् ।
विश्वको सबैभन्दा बढी उचाइमा फल्ने मार्सी धान छ, कर्णालीसँग ।
स्याउ, ओखरका लागि उर्वरभूमि पनि छ ।
कर्णालीलाई मागी खाने क्षेत्र भन्नेहरूलाई मेरो प्रश्न ‘यति धेरै सम्भावना बोकेको कर्णाली कसरी गरिब भन्न सकिन्छ ?’
यसो भनिरहँदा सत्य यो पनि हो कि राज्यले यहाँका सम्भावनालाई बेवास्ता गरिदिँदा कर्णालीका नागरिक परिवार पाल्नका लागि कालापहाड पुग्न बाध्य छन् ।
राज्यले नै कर्णालीलाई गरिब बनाएको हो ।
सामुदायिक रेडियो र रेडियोकर्मीले यस्ता सवाललाई विशेष रूपमा उठाउनुपर्छ भन्ने मेरो जोड हो ।
हालसम्मका मेरो अनुभवले भन्छ, ‘यसरी नागरिकले विश्वास गरेको सामुदायिक रेडियो र रेडियोकर्मीलाई अविश्वसनीय सामग्री प्रसारण गर्ने छुट छैन ।’
सामुदायिक रेडियोले यस प्रकारका नागरिकका समस्यामाथि नबोल्ने हो भने, राज्यले बाटो बिराएको ठाउँमा आवाज नउठाउने हो भने, सम्भावनाका चित्रहरु नीति निर्मातालाई नदेखाउने हो भने काठमाण्डौँको कुन व्यावसायिक सञ्चारगृहले यी सवाल उठान गरिदिन्छ ?
यो बीचमा धेरै साथीहरूले मलाई सोध्नुभयो ‘ठूलो मूल्य चुकाएर सानो उपलब्धिका लागि किन रेडियोमा काम गरेको ?’ मेरो जवाफ उनीहरूलाई हुने गरेको छ, ‘रेडियो भनेको सुविधाको थलो होइन, सबैलाई अत्यावश्यक र महत्वपूर्ण खबर दिने संवेदनशील ठाउँ हो ।’
रेडियोले कर्णालीका नागरिकलाई बेखबर हुन दिएको छैन । अहिले पनि दुर्गम कर्णालीका बस्तीमा खबर पुर्याउने काम रेडियोले गरिरहेको छ ।
त्यसो त रुख चढेर, डाँडा काटेर फोन गर्नुपर्ने समाचार हामीले सुनेकै, पढेकै छौँ । त्यस्तो ठाउँमा इन्टरनेटको पहुँच कस्तो होला ? हामी सहजै अनुमान गर्न सक्छौँ ।
यो युग सूचना साम्राज्यको युग हो, सूचनाबाट अलग हुनु भनेको सम्पूर्ण रूपमा कमजोर हुनु सरह हो ।
तीन वर्षे यात्रामा स्रोताहरूको मूल्याङ्कनमा सामुदायिक रेडियोहरू अब्बल रहेको पाएँ । वर्षभरि पाटन र खर्कमा बस्ने भेडी गोठाला माटो र ढुङ्गासँग खेल्ने श्रमजीविको घरघरमा अहिले पनि रेडियो घन्किन्छ ।
नागरिकका मसिना कुराहरू समाचारमा अटाउँदा उनीहरूले व्यक्त गरेको खुसी र हर्ष नजिकबाटै अनुभूति गर्ने मौका पनि पाएको छु ।
प्रेरणादायी रेडियो सामग्रीले कैयौँको जीवन बदलिएको भेटेको छु ।
सरल, सुलभ र भरपर्दो सञ्चारमाध्यमका रूपमा रहेको रेडियो अहिले पनि सूचना प्रवाहमा महŒवपुणर् नै देखिन्छ ।
हालसम्मका मेरो अनुभवले भन्छ, ‘यसरी नागरिकले विश्वास गरेको सामुदायिक रेडियो र रेडियोकर्मीलाई अविश्वसनीय सामग्री प्रसारण गर्ने छुट छैन ।’
प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९, १२:१८