बारा । उमेरले ६६ लाग्दै गरेका दीलकुमारी दर्लामीको जीवनको झण्डै ४० वर्ष त बाराको टाँगियाबस्तीमा बित्यो ।
सानैमा आमाबुबा गुमाउनुभयो ।
केही वर्षपछि पहिरोले घर बगायो । गाउँलेको साथ लागेर २०३२ सालमा काभ्रेबाट तराई झर्नुभएका दीलकुमारीको सङ्घर्ष उमेरसँगै बढीरहे ।
सरकारको आदेश मानेर टाँगियामा बस्न थालेको चालिस वर्ष भयो । तर दशकौँ बिताएको थलोलाई पनि आफ्नो भन्ने अधिकार छैन ।
अब एउटै चिन्ता छ,बस्ती स्थानान्तरणको । ‘सरकारले उठाएर लग्यो भने कता लैजान्छ कुन्नी ?’ दीलकुमारीलाई यही एउटा चिन्ताले सताइरहन्छ ।
उहाँ भन्नुहुन्छ, ‘यही माटोमा खेलियो, हुर्कियो, दुःख गरियो । अब ठाउँ छोडेर कतै जान मन छैन ।’
त्यसपछि पनि आश्वासन बोकेर सरकारपिच्छेका मन्त्री बस्ती पुगेका छन् । तर ७४ वर्षका बिर्खबहादुर बललाई आजसम्म बस्तीमा सरकार पुगेको महसुस छैन ।
दीलकुमारीको परिवार, सरकारले सुरु गरेको वृक्षरोपण कार्यक्रममा सहभागी हुन बारा झरेको थियो ।
२०४६ सालमा कृष्णप्रसाद भटराई नेतृत्वको सरकारले सो कार्यक्रम स्थगित गर्यो ।
कार्यक्रममा सहभागी दीलकुमारीको परिवारसहित झण्डै चार सय जनालाई उनीहरूको उचित स्थानान्तरण गर्ने प्रतिबद्धतासहित टाँगियामा राखिएको थियो ।
टाँगियामै चार सय हाराहारीको जनसङ्या बढेर आठ हजारभन्दा बढी पुग्यो तर पनि सरकारको प्रतिबद्धता पूरा भएको छैन ।
त्यसपछि पनि आश्वासन बोकेर सरकारपिच्छेका मन्त्री बस्ती पुगेका छन् । तर ७४ वर्षका बिर्खबहादुर बललाई आजसम्म बस्तीमा सरकार पुगेको महसुस छैन ।
‘अन्धकारमा बाँच्नुपरेको छ, एउटा गतिलो स्कूल छैन, स्वास्थ्य चौकी छैन । सरकार भएको भए यस्तो आँसुमा बाँचुपर्ने थियो ?’ बिर्खबहादुृुरले आक्रोश व्यक्त गर्नुभयो ।
सरकारले बस्ती उठाएर विमानस्थल बनाउने प्रस्ताव गर्दासमेत टाँगियाबासी बाधक बनेनन् ।
आफ्नो थातथलो उजाडेर विकासमा राज्यलाई सघाउन तयार भएकाहरू राज्यप्रति नै सन्तुष्ट छैनन् ।
७५ वर्षका बलबहादुर राना भन्नुहुन्छ, ‘आँखा हुँदा पनि राज्यको विकास निकास देख्न पाइएन । हामी त यही दुःखमा बुढा भयौँ । अबको पुस्ताले सरकारलाई के भन्छ होला ?’ रानाको एउटै चाहाना छ, आफूले जस्तो दुःख आउने पुस्ताले भोग्न नपरोस् ।
विकासका सामान्य पूर्वाधार पर्खेका टाँगियाबासीले दशकौँसम्म जोखिमको जिवन बाँचेका छन् । अभावमै रत्न बहादुर दर्लामीको जिवनका ६७ वर्ष बिते ।
उनीहरू अब गाउँमै विकास चाहान्छन् । तर विमानस्थल बनाउने नै अवस्था आयो भने उचित मुआब्जा नलिएर गाउँ नछोड्ने टाँगियाबासीको मनस्थिति भने फेरिएको छैन ।
त्यही माटोसँग सङ्घर्ष भयो, माटोसँगै प्रेम । अब रत्नबहादुरलाई टाँगिया छोडेर कतै जाने चाहाना छैन ।
विमानस्थलकै नाममा विकासबाट वञ्चित टाँगियाबासी आयोजना रोक्ने सर्वोच्च अदालतको आदेशले हर्षमा छन् ।
तर बस्ती व्यवस्थापनका विषयमा अदालत मौन रहँदा अन्योलता भने हटेको छैन ।
‘अदालतले विमानस्थल नबनाउन मात्र भनिदियो ।’ टाँगियाबस्ती सरोकार समितिका संयोजक रमेश सापकोटा भन्नुहुन्छ, ‘बस्तीका बारेमा त केही भनेको छैन । भोली फेरि हामीलाई उठाएर यहाँ वृक्षरोपण गर भन्ने पो हो कि ?’
विमानस्थल निर्माणका लागि भएका सबै प्रक्रिया रोक्न आदेश भए पनि सरकार भने अझै निर्माणका लािग जोडबल गरिरहेको छ । केही पक्षले विमानस्थल निर्माण गर्न माग गर्दै प्रधानमन्त्रीस्तरमै भेटघाट गरिरहेका छन् ।
बारामै पनि सर्वोच्चको विरोधमा प्रदर्शन भइरहेका छन् ।
तर उचित मुआब्जा लिएर ठाउँ छोड्न तयार टाँगियाबासीको मनस्थिती सर्वोच्चको आदेशपसछ भने फेरिएको छ ।
उनीहरू अब गाउँमै विकास चाहान्छन् । तर विमानस्थल बनाउने नै अवस्था आयो भने उचित मुआब्जा नलिएर गाउँ नछोड्ने टाँगियाबासीको मनस्थिति भने फेरिएको छैन ।
अडियो रिपोर्ट सुन्नुहोस्ः
प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९, १०:०१