नेपालमा स्वतन्त्र रेडियोहरूको इतिहास त्यति छोटो पनि छैन ।
अभियानको रूपमा अगाडि बढेको स्वतन्त्र रेडियो अभियान, भनौँ त्यसपछि सामुदायिक रेडियोहरूको अभियान पनि बन्यो।
हामिले सुरुमा रेडियो खुल्नुपर्छ भन्ने भयो ।
रेडियो जति खुल्यो, त्यति आम जनसमुदायलाई सेवा पुर्याउन सकिन्छ अनि सशक्तिकरण हुन सक्छ समुदायको भन्ने हिसाबाट रेडियो खुल्ने कुरामा अभियान अघि बढ्यो ।
तर नीतिगत हिसाबले रेडियोलाई सम्बोधन नगर्दा यसले के अफ्ठ्यारो बनायो भने अब रेडियोको सङ्ख्या पनि अहिले राम्रै छ, त्यत्ति नराम्रो छैन, ठूलो सङ्ख्या छ ।
अब यसले गरिरहेको काम पनि स्तुतीय नै छ ।
रेडियोले जुन काम गरिरहेको छ, आम जनसमुदायलाई सुसूचित गर्ने, शिक्षित गर्ने आवश्यकता अनुसार परिचालन गर्ने कामहरू पनि गरिरहेको छ ।
यति हुँदाहुँदै पनि अब के नपुगेको जस्तो, के नमिलेको जस्तो हाम्रो देशको सामुदायिक रेडियो अभियानचाँहि त्यस्तो देखिदै आएको छ ।
यसलाई अलिकति इस्फेसिफिक गरेर भन्ने हो भने दुईचार वटा कुराहरूमा सामुदायिक रेडियोहरूको समस्या छ ।
पहिलो कुरा सामुदायिक रेडियोहरू सबै ठाउँमा सामुदायिक रेडियाको मूल्यमान्यता, सिद्धान्त अनुसार चलेका छैनन् ।
उनीहरूको नेतृत्व परिवर्तनका कुराहरू, प्रजातान्त्रिक ढङ्गले नेतृत्व परिवर्तन हुने कुराहरू, कर्मचारीलाई व्यवस्थित गर्ने कुराहरू, सामुदायिक रेडियोले स्वयंसेवक परिचालन गर्ने कुराहरूसँग सामुदायिक रेडियोहरूको एउटा आर्थिक पक्ष, एउटा दिगोपन र कार्यक्रम समाचारको कुरा ।
सामुदायिक रेडियोहरूले सामुदायिक रेडियो जस्तो भएर चल्दा व्यावसायिकभन्दा फरक देखिनुपर्ने ठाउँमा कैयन सामुदायिक रेडियोहरू व्यावसायिक जस्तै देखिन्छन् ।
किन भने उनीहरूलाई बाँच्न गाह्रो छ ।
बाँच्न गाह्रो भएपछि जे पनि लिनुपरेको छ । आर्थिक हिसाबले यो समस्या समाधान गर्न सकेको छैन ।
यसले गर्दा सामुदायिक रेडियोहरूले कार्यक्रमको गुणस्तर, समाचारको गुणस्तरलाई त्यत्ति ध्यान दिन सकेको पाइँदैन ।
अर्कोतिर तालिम उपयुक्त सशक्तिकरणका कुराहरू नभएकाले गर्दा पनि यसले के अफ्ठ्यारो पारेको छ भने सामुदायिक रेडियोमा काम गर्ने सञ्चारकर्मीहरूलाई उपयुक्त तालिम, उनीहरूको वृत्तिविकासका कुराहरू अहिले रोकिएको अवस्था छ ।
त्यसले गर्दा एउटा समस्याचाँहि गुणस्तरमा पर्यो ।
किन भने राम्रो कार्यक्रम गर्न गुणस्तरयुक्त कार्यक्रम गर्न, गुणस्तरयुक्त समाचार उत्पादन गर्न गुणस्तरयुक्त जनशक्ति चाहिन्छ ।
राज्यले नीतिगत हिसाबमै सामुदायिक रेडियोहरूलाई आर्थिक हिसाबलेचाहिँ उनीहरूले जुन समस्या भोग्नुपरिरहेको छ, यसबाट उनीहरूलाई छुट्कारा दिलाउन सहयो गरिनुपर्छ ।
गुणस्तरयुक्त जनशक्तिलाई राम्रो पैसा तिर्नुपर्छ र राम्रो तालिमहरू आवश्यक पर्दछ ।
समयसमयमा तालिमहरू दिनुपर्छ । यी कुराहरूमा समस्या देखिएको छ ।
अर्कोतिर सामुदायिक रेडियोलाई हेर्ने राज्यको नीति प्रष्ट नहुँदा यसले राज्यगत तहबाट जति सुविधाहरू सामुदायिक रेडियोले पाउनु पर्दथ्यो अथवा जत्ति एउटा बाँच्न सक्ने आधार हुनुपर्दथ्यो त्यो छैन ।
त्यो नहुँदा दिगोपनको लागि पनि सामुदायिक रेडियोहरूलाई समस्या भएको छ ।
यी कुराहरूका वावजुद अब अभावमा जुन ढङ्गले आर्थिक अभाव छ त्यो हुँदाहुँदै पनि जुन ढङ्गको सेवा गरिरहेका छन् त्यो सेवा गरिरहेको कुरालाई हामीले अन्यथा ठान्नुहुँदैन ।
त्यो राम्रो छ । तर अबको फोकस भनेको सामुदायिक रेडियोको दिगोपन र सामुदायिक रेडियोहरूका कार्यक्रमहरूको गुणस्तर बढाउनमा केन्द्रीत हुनुपर्छ ।
सामुदायिक रेडियोहरूको साँच्चै समुदायमुखी, सामुदायिक रेडियोको जुन परिभाषा छ कि ‘समुदायले, समुदायका लागि’ भन्ने त्यो अनुसार हुनुपर्ने कुरामा पनि सामुदायिक रेडियोहरू खरो उत्रिनुपर्ने आवश्यकता छ ।
नेपालका सामुदायिक रेडियोहरू कतिपय अवस्थामा त केन्द्रबाट गएका खबरहरू मात्रै बजाएर आफ्नो स्थानीय समाचार कक्ष पनि सशक्त छैन ।
त्यसो गर्नु पनि हुँदैन, किन कि स्थानीय तहका समाचारहरू, स्थानीय तहका गतिविधिहरू सामुदायिक रेडियोहरूले समेट्नुपर्ने हो ।
यो सबै निस्कर्षका हिसाबले भन्दा यी सबै कुराहरूमा सामुदायिक रेडियोहरूको नेतृत्वदायी छाता सङ्गठनदेखि लिएर सामुदायिक रेडियोका सञ्चालकदेखि लिएर यसमा काम गर्ने सबै साथीहरूले ध्यान दिनुपर्ने हुन्छ ।
राज्यले नीतिगत हिसाबमै सामुदायिक रेडियोहरूलाई आर्थिक हिसाबलेचाहिँ उनीहरूले जुन समस्या भोग्नुपरिरहेको छ, यसबाट उनीहरूलाई छुट्कारा दिलाउन सहयो गरिनुपर्छ ।
आर्थिक भार र यसले परेको समस्याका बारेमा रेडियोले ध्यान दिन नपरोस्, त्यो भयो भने सामुदायिक रेडियोहरूले राम्रा कार्यक्रम बनाउन अवसर मिल्छ ।
सीआईएनमा प्रोफेसनल साथीहरू बस्नुभएको छ । व्यावसायिक क्षमता भएका साथीहरू त्यसले गर्दा सीआईएनको एउटा प्रतिष्पर्धात्मक भूमिका छ, तर त्यही रूपको सामुदायिक रेडियोहरू हुन सकेका छैनन् ।
राज्यगत तहमा, प्रदेश तहमा, सङ्घीय तहमा विभिन्न खालका त्यस्ता तालिम संस्थानहरू खुलून्, जसले आवश्यकता अनुसार तालिमहरू पाइराख्न सकून् ।
त्यो भयो भने हाम्रो सामुदायिक रेडियो अभियान अझै राम्रो भएर जान्छ भन्ने मलाइ लाग्दछ ।
मुलुकभरका सामुदायिक रेडियोहरूको नेटकवर्क (सीआईएन) ले वार्षिकोत्सव मनाइरहँदा मलाई यही भन्न मन लाग्छ कि सीआईएनले जुन ढङ्गले अहिले काम गरिरहेको छ, सीआईएनमा प्रोफेसनल साथीहरू बस्नुभएको छ ।
व्यावसायिक क्षमता भएका साथीहरू, त्यसले गर्दा सीआईएनको एउटा प्रतिष्पर्धात्मक भूमिका छ, तर त्यही रूपको सामुदायिक रेडियोहरू हुन सकेका छैनन् ।
त्यो कुराचाँहि मनन् गर्नुपर्छ । सीआईएनले पुर्याइरहेको योगदानका लागि धन्यवाद भन्दै सीआईएन र सीआईएन परिवारलाई, यसमा काम गर्ने सबै साथीहरूलाई, स्रोताहरूलाई पनि म शुभकामना व्यक्त गर्दछु ।
सीआईएनको १३औँ वार्षिकोत्सवका अवसरमा लुइँटेलसँग गरिएको कुराकानीमा आधारित ।
प्रकाशित मिति: शनिबार, असार ४, २०७९, १४:२४