काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
गयराति १२ बजेदेखि नै लागु भएको मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर २१ रूपैयाँ बढाइएको छ ।
डिजेलमा पनि एकैपटक २७ रुपैयाँ बढाइएको छ ।
पेट्रोलको मूल्य अब प्रतिलिटर १ सय ९९ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ९२ पुगेको छ ।
मूल्यवृद्धि पछि पनि मासिक ४ अर्ब ७० करोड रुपैयाँ घाटा रहेको निगमले दावी गरेको छ । उपभोक्ता अधिकारकर्मीहरूले इन्धनमा लगातार भइरहेको मूल्य वृद्धिको विरोध गरेका छन् ।
सीआईएनसँग कुरा गर्दै एक जना उपभोक्ता अधिकारकर्मी जगन्नाथ मिश्रले बढाइएको इन्धनको मूल्यका कारण उपभोग्य वस्तुहरूमा समेत भाउ बढ्ने भएकाले नियमनका लागि पेट्रोलियम कानुन निर्माण गर्नुपर्ने बताउनुभयो ।
सरकारले यसअघि कर छुट गरेर पेट्रोल डिजेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएको थियो ।
प्रकाशित मिति: सोमबार, असार ६, २०७९, ०८:४६