काठमाडौँ । सरकारले अमेरिकी राज्यस्तरको सहकार्य कार्यक्रम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको छ ।
यस बारेमा जानकारी दिँदै अमेरिकालाई चिठी पठाउने निर्णय पनि सरकारले गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले एसपिपी लागु नगर्ने भन्दै पत्र लेख्ने निर्णय गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिनुभयो ।
नेपाली सेनाले एसपिपीमा सहभागी हुन सन् २०१५ र २०१७ मा गरी दुई वटा पत्र पठाएको थियो ।
अमेरिकाको नेसनल गार्डसँग सम्बन्धित स्टेट पार्टनरसिप प्रोग्राममा सहभागिताका लागि नेपालले आवेदन दिएको तथ्य सार्वजनिक भएपछि सर्वत्र विरोध भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, असार ६, २०७९, २०:२६