काठमाडौँ । बहुमुखी प्रतिभा निरु न्यौपानेको दुई कृति लोकार्पण गरिएको छ ।
काठमाडौँको लेखनकुञ्जमा आयोजना गरिएको कार्यक्रममा उपन्यास ‘अर्को अध्याय’ र गजल ‘सिरानीको तस्बिर’ लोकार्पण गरिएको हो ।
कार्यक्रममा प्रा.डा. सावित्री कक्षपति, साहित्यकार रेणुका सोलु, वरिष्ठ गजलकार ललिजन रावल, समालोचक ज्ञानु अधिकारी, कवि तथा गीतकार रमेश पौडेल, कविता प्रोल्लास सिन्धुलीय, गायक तथा संगीतकार राज सिग्देल लगायत उपस्थित रहेका थिए ।
कवि तथा गीतकार रमेश पौडेलले निरु न्यौपाने एउटा राम्रो कलमका रुपमा चिनेको बताउनुभयो ।
‘उपन्यासमा नेपालदेखि विदेशीएको अनुभव छ, लेखक आफै पनि विभिन्न देश पुगेर संघर्ष गरेका कारण गहकिलो र पठनयोग्य किताब पाएका छौँ हामीले,’ उहाँले भन्नुभयो । उहाँले उपन्यास पठनयोग्य रहेको बताउनुभयो । समालोचक ज्ञानु अधिकारीले उपन्यास पारिवारिक, मानव सम्वेदनाको कृति भएको बताउनुभयो । ‘उपन्यासमा माया, विश्वास, सम्बन्ध मुख्य छ । एकपटक पढ्न बसेपछि उठ्न मन लाग्दैन,’ उहाँले भन्नुभयो ।
उपन्यासमा महिला सम्वेदनालाई मिहिन ढंगले प्रस्तुत गरिनु तथा सबै पुरुष गलत नदेखाउनु लेखकको सबल पक्ष भएको उहाँले बताउनुभयो ।
उपन्यासमा महिला सम्वेदनालाई मिहिन ढंगले प्रस्तुत गरिनु तथा सबै पुरुष गलत नदेखाउनु लेखकको सबल पक्ष भएको उहाँले बताउनुभयो ।
समालोचक अधिकारीले ‘अर्को अध्याय’ आधुनिक नेपाली उपन्यास भएको पनि बताउनुभयो । साहित्यकार तथा समीक्षक रेणुका सोलुले उपन्यास नेपाली महिलाको यथार्थ भएको बताउनुभयो ।
‘अर्को अध्याय नेपाली महिलाले दुलही भएर भित्रिएबाट सुरु भएको विभेद देखिको कथा हो । यसले नेपाली समाज र महिलालाई प्रस्तुत गरेको छ,’ उहाँले भन्नुभयो, पढ्दै गर्दा परिवारको सकारात्मक भूमिकाले नेपाली समाज त्यस्तै भए हुने नि लाग्छ ।
यौनमात्रै ठूलो कुरा नभएको, विदेशको भोगाइ, पितृसत्तामाथि उठाएको प्रश्न, बिहे आफैँमा नराम्रो हैन, छोरालाई नैतिक शिक्षा दिनुपर्छ लगायतका कुराहरू उपन्यासको राम्रो पक्ष रहेको रेणुले बताउनुभयो ।
न्यौपानेको ‘सिरानीको तस्बिर’ गजल पनि सार्वजनिक भएको छ ।
भएको वरिष्ठ गजलकार ललिजन रावलले यो गजल धेरै राम्रो रहेको बताउनुभयो ।
‘उपन्यास लेख्नु जोखिम कुरा हो, लेखकले राम्रो काम गरेकी छन्,’ उहाँले भन्नुभयो , ‘गजल पढेँ, यसमा विषयक विविधता धेरै छ । एउटा गजलकारको लागि राम्रो कुरा हो ।’
उहाँले पाठकले गजलमा नौलोपन पनि भेट्ने बताउनुभयो । प्रा.डा. सबित्री कक्षपतीले पनि गीत राम्रो बनेको बताउनुभयो ।
‘लेखन उत्पादन हो, उत्पादन निर्माण हो,यसरी नै गीत, भिडियो निर्माण हुन्छ । भिडियो राम्रो छ,’ उहाँले भन्नुभयो । उहाँले नयाँ लेखकलाई प्रोत्साहन गर्नुपर्ने पनि बताउनुभयो । ‘गजल, उपन्यास, कविता लेख्नु पर्छ । लेख्न खोज्नेलाई रोक्नु हुन्न, प्रोत्साहन गर्नुपर्छ, लेखकको अझ कलम चलोस्,’ उहाँले भन्नुभयो ।’
सर्जक निरू न्यौपानेले आफूलाई किताब लेख्न समर्थन तथा प्रोत्साहन गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा सर्जक निरू न्यौपानेले आफूलाई किताब लेख्न समर्थन तथा प्रोत्साहन गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले आफू सानैबाट लेख्ने भए पनि अरूलाई नसुनाउने र नदेखाउने व्यक्त गर्नुभयो ।
गीत पनि सार्वजनिक
कार्यक्रममा पेशल ढकालको ‘हिसाब किताब’ बोलको गीत पनि सार्वजनिक गरिएको थियो ।
गीतको लेखन निरु न्यौपानेले गर्नुभएको हो भने राज सिग्देलले गाउनुभएको हो । अनुप चापागाईले निर्देशन गरेको भिडियोमा गरिमा शर्मा र जीवन भट्टराईले अभिनय गर्नुभएको छ ।
भिडियो लिंक
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९, १५:१४