काठमाडौँ । मुलुकभरमा देखिएको पाठ्यपुस्तक अभावको समस्या समाधान हुन कम्तिमा एक हप्ता लाग्ने भएको छ ।
एक महिनाभित्रै पाठ्यपुस्तक अभावको समस्या समाधान गर्न संसदीय समितिले दिएको समयावधि सकिन केही दिन मात्रै बाँकी रहँदा जनक शिक्षा सामग्री केन्द्रले ९५ प्रतिशत पाठ्यपुस्तक छपाइको काम सकिएको बताएको हो ।
अझैँ १० लाख पुस्तक छाप्न बाँकी रहेको र यो एक साताभित्र छापिसक्ने केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले सीआईएनसँग बताउनुभयो ।
यही असारको १५ सम्म विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याइएसक्ने लक्ष्य जनक शिक्षा सामग्री केन्द्रले लिएको छ ।
सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्दै आएको छ ।
तर पठनपाठन सुरु भए पनि पाठ्यपुस्तक नपाउँदा विद्यार्थी, शिक्षक र विद्यालयहरू समस्यामा परेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९, १२:४१