काठमाडौँ । २० वर्षदेखि प्रशसनीय खोज विधि (एप्रिसियटिभ इन्क्वारी) अभियानमा खोज, अनुसन्धान तथा तालिम सञ्चालन गर्दै आउनुभएका डा. राम चन्द्र लामिछानेको 'एप्रिसिएटिभ इन्क्वारी' बोलको गीत सार्वजानीक भएको छ ।
व्यक्ति तथा संस्थाहरुको सवल पक्ष अनि सफलताका कारण खोजी नयाँ लक्ष्य निर्धारण गरेर नयाँ मार्ग चित्र बनाउने हो भने सकारात्मक प्रतिफल आउँछ भन्ने गीतको सार रहेको छ ।
नरहरि प्रेमीको सङ्गित र नरहरी प्रेमी अनि सुजीता राई तथा साथीहरुले गीतमा स्वर दिएका छन् ।
सकारात्मक उत्प्रेरणा जागाउनुपर्ने सन्देशसहितको 'हामी सबैले सक्दछौँ' र 'खुशी हुँदै फर्कन स्वदेशमा', 'सकारात्मक सोचेके बा' बोलको भोजपुरी गीत पनि लामिछानेले सार्वजनिक भइसकेको छ ।
डा लामिछानेका सबै गीत (The ERIPS) नामक युटुव च्यानलबाट सार्वजनिक गरिएका छन् ।
सन् १९८८ मा अमेरीकाको केसवेस्टर्न विश्वविद्यालयको वेदरहेड स्कुल अफ म्यानेजमेन्टमा प्रोफेसर डेभिड कुपरराइडरले 'एप्रिसिएटिभइन्क्वारी' विधि प्रतिपादन गर्नु भएको थियो ।
डा. लामिछानेले सन् २००७ मा यसै विश्वविद्यालयवाट सर्टिफिकेशन कोर्ससमेत गर्नुभएको थियो भने विद्यावारिधिको क्रममा यस विधिको प्रयोगसमेत गर्नुभएको थियो ।
देश भित्र र बाहिर गरेर करिव ४ सयभन्दा बढी कार्यशाला तथा तालिम सञ्चालन गर्नुभएका लामिछानेले कामको शिलशिलामा नै यो गीत तयार भएको बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, असार ११, २०७९, ०९:०३