काठमाडौँ । कास्कीको लुम्ले र जुमलेटीमा भारी वर्षा भएका कारण जोखिममा रहेका नागरिकलाई बिहान ९ बजेसम्म सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
वर्षामापन केन्द्रमा गएराति लगातार ६ घण्टा अति भारी वर्षा मापन भएको छ ।
आसपासको साना खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमीनमा पहिरो जान सक्ने भएकाले बिहान ९ बजेसम्मै उच्च सतर्कता अपनाउन बाढी पुर्वानुमान महाशाखाले अनुरोध गरेको हो ।
गत जेठ २२ गते नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुन कणर्ाली प्रदेशसम्म फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो प्रणाली सुदूरपश्चिम प्रदेशसम्मै फैलन भने अझै एकदुई दिन लाग्ने देखिएको महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले सीआईएनसँग बताउनुभयो ।
अघिल्ला वर्षहरूमा पूर्वी नेपालमा प्रवेश गरेको मनसुन एक हप्तादेखि १० दिनभित्र देशभर फैलने गरेको थियो ।
मनसुन देशभर फैलन समय लागेको भएपनि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने क्रम चलिरहेको छ ।
कतिपय स्थानमा भारी वर्षासमेत भइरहेको मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज देशभरका पहाडी भूभागका धेरै तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी, कणर्ाली र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, असार १२, २०७९, ०६:५५